ad ad

राजनीति


प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा : सर्वोच्चले गठन गर्‍यो पाँच सदस्यीय संवैधानिक इजलास

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा : सर्वोच्चले गठन गर्‍यो पाँच सदस्यीय संवैधानिक इजलास

नेपालखबर
पुस १०, २०७७ शुक्रबार ४:२९,

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमा सुनुवाइ गर्नका लागि पाँच सदस्यीय इजलास गठन गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको नेतृत्वमा बनेको संवैधानिक इजलासमा आज सो विषयमा सुनुवाइ हुन लागेको हो।

सो इजलासमा प्रधानन्यायाधीश राणा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेजबहादुर केसी रहेका छन्।

बुधबार प्रधानन्यायाधीश जबराको एकल इजलासले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा प्रारम्भिक सुनुवाइ गरी सो विषयमा संवैधानिक प्रावधानको ब्याख्या गर्नुपर्ने भनी संवैधानिक इजलासमा पठाएका थिए।

सोहि आदेशअनुसार इजलास गठन भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन्। विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा मुद्दा परेका छन्।

यो पनि : 
प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा अब संवैधानिक इजलासमा सुनुवाइ हुने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .