राजनीति


रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकका लागि पाँचबुँदे नियम

सभापति पदका लागि १ प्रस्तावक र २१ समर्थक आवश्यक
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकका लागि पाँचबुँदे नियम

नेपालखबर
असार ९, २०८३ मंगलबार १०:२१, काठमाडौँ

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रियाका लागि पाँचबुँदे नियम बनाइएको छ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा जारी सूचनाअनुसार निर्वाचनमा कुनै पनि उम्मेदवारका प्रस्तावक र समर्थक आफैँ उम्मेदवार बन्न पाउने छैनन्।

पार्टीको निर्वाचन आयोगको यो नियमविपरीत मनोनयन फारम दर्ता गरिएमा उम्मेदवारी स्वतः अमान्य हुने रास्वपाले जनाएको छ।

आयोगले विभिन्न पदका लागि प्रस्तावक र समर्थकको संख्या पनि तोकेको छ। 

जसअनुसार पार्टी सभापति पदको उम्मेदवारीका लागि १ जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य गरिएको छ भने अन्य केन्द्रीय सदस्यको हकमा १ जना प्रस्तावक र २१ जना समर्थक आवश्यक पर्नेछ।

उम्मेदवारी दर्ता गर्दा प्रस्तावक र समर्थकका नाम, सम्पर्क नम्बर र हस्ताक्षर अनिवार्य रूपमा बुझाउनुपर्ने नियममा उल्लेख छ। 

हेर्नुहोस् पाँचबुँदे नियम

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad