राजनीति


भारतले भन्योः पछिल्लो राजनीतिक संकट नेपालको आन्तरिक मामिला

भारतले भन्योः पछिल्लो राजनीतिक संकट नेपालको आन्तरिक मामिला

नेपालखबर
पुस ९, २०७७ बिहिबार १४:३६,

नेपालमा विकसित पछिल्ला राजनीतिक घटनाक्रम नेपालको आन्तरिक मामिला भएको भारतले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको वैधानिकतामाथि प्रश्न उठिरहेका बेला भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले यस्तो बताएका हुन्।

‘नेपालमा हालै भएको राजनीतिक घट्नाक्रमलाई हामीले ध्यान दिएका छौँ,’ श्रीवास्तवले नियमित पत्रकार सम्मेलनमा भने, ‘यी विषय नेपाल आफैँले उसको लोकतान्त्रिक अभ्यासअनुसार निर्णय गर्ने आन्तरिक मामिला हुन्।’

भारतले नेपालको शान्ति र विकासमा सहयोग जारी राख्ने पनि उनले बताए।

‘एउटा छिमेकी शुभेच्छुकको नाताले भारतले नेपाल र त्यहाँका जनतालाई शान्ति, विकास र समृद्धिको मार्गमा अघि बढ्न सहयोग जारी राख्नेछ,’ श्रीवास्तवले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad