कारोबार


स्मार्टडोकोको अपडेटेड नयाँ भर्सन एप पुनः लन्च हुँदै, के-के छन् सुविधा?

स्मार्टडोकोको अपडेटेड नयाँ भर्सन एप पुनः लन्च हुँदै, के-के छन् सुविधा?

नेपालखबर
पुस ९, २०७७ बिहिबार १३:४४,

आईएमएस ग्रुपको लगानीपछि इ–कर्मश कम्पनी स्मार्टडोकोले मोबाइल एप तथा वेभसाइटको नयाँ भर्सन अपडेटेड गरी पुनः लन्च गर्ने भएको छ।

नयाँ अपडेटेड स्मार्टडोकोले ग्राहकलाई सामानहरु खरिद गर्न थप सहज प्रदान गर्ने कम्पनीले जनाएको छ। यही अवसरमा स्मार्टडोकोले ‘स्मार्टडोको २०२१ रिलोडेड’ पनि ल्याएको छ।
यस अफर अन्तर्गत ग्राहकले विभिन्न छुटको लाभ उठाउन सक्ने कम्पनीकाे दाबी छ।

कम्पनीका अनुसार स्मार्टडोकोबाट सामान खरिद गर्दा ग्राहकले गिफ्टकार्डको आधारमा १५ प्रतिशतसम्मको छुट पाउनेछन्। यसको लागि न्युनतम अर्डर भ्यालु रु. २५ सय हुनुपर्नेछ र यो अफर ग्राहकहरुलाई पहिलो भुक्तानी गर्दा मात्र लागू हुनेछ।

यस्तै, सेलपपेबाट रकम भुक्तानी गर्दा एकहजार लोयल्टी पोइन्टस् क्यासब्याकको रुपमा पाउनेछन् र नेपालभर निःशुल्क डेलिभरी पाइनेछ। (ग्राहकहरुले यस अफर १ पटक मात्र प्राप्त गर्न सक्नेछन्)।

यसैगरी, ई–सेवाबाट भुक्तानी गर्दा ३ भाग्यशाली व्यक्तिले १५ सयसम्मको क्यासब्याक पाउनेछन् भने हिमालयन बैंकबाट भुक्तानी गर्दा २५ प्रतिशतको छुट पाइनेछ जस्मा रु. एक हजारको सीमा हुने छ।

कम्पनीका अनुसार नेपाल इन्भेस्टमेन्ट बैंकबाट भुक्तानी गर्दा २५ प्रतिशतको छुट पाइनेछ जस्मा रु.एक हजारको सीमा हुने छ, जसमा न्यूनतम् अर्डर रु. दुई हजारको हुनुपर्ने छ भने माच्छापुच्छ्रे बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा २५ प्रतिशतको छुट पाइनेछ जस्मा रु. पाँच सयको सीमा हुने छ।

यस्तै, सामसुङ, एमआई र वन प्लस ब्राण्डका स्मार्टफोन खरिद गर्दा एक वर्षसम्मको बे्रकेज बीमा सुविधा पाइनेछ।

यसैगरी मामाअर्थ, ट्रेसमे, गोल्डेन्फ्रेसमार्ट, नेचर्स् केयर, एसेन्सियल् लिभिङ, एक्सएज्, डाक्टरब्राउन, बिबिलभ्, ह्यप्पि फिट् र एभरयुथ जस्ता ब्राण्डमा हरेक दिन एकजना व्यक्तिले १० हजारसम्मको गिफ्ट ह्याम्पर जित्ने मौका पाउनेछन्।

कम्पनीले भाग्यशाली ग्राहकले इनर्जाजरको पावर बैंक जित्ने मौका पाउने जनाएको छ।

२५ डिसेम्बर, विहान १२ बजे देखि विहान १० बजे सम्म अर्डर गर्ने ग्राहकहरुलाई नेपाल भरी फ्रि डेलिभरीको सुविधा उपलब्ध गराईएको छ भने फ्ल्यास–सेल र अन्य अफरहरु पनि छन्।

ग्राहकहरुले सबै अफरहरु प्राप्त गर्नका लागि स्मार्टडोकोको नयाँ भर्सन एप अप्डेट वा डाउनलोड गर्नुपर्नेछ। यो अफर २५ डिसेम्बरदेखि १ जनवरी २०२१ सम्म लागू हुने कम्पनीले जनाएको छ।

आईएमएस ग्रुपका अध्यक्ष तथा सीईओ दिकेश मल्होत्राले भने, ‘स्मार्टडोकोमा लगानी गरेपछि र यसलाई आईएमएस ग्रुपमा समावेश गरिसकेपछि हामी हाम्रा ग्राहकहरूलाई स्मार्टडोकोको नयाँ भर्जन चिनाउँन चाहन्छौं। भर्खरै नयाँ लोगोको परिचय गरिसकेपछि, हामीले हाम्रो वेबसाइट र मोबाइल एपलाई सुधारगरी नयाँ रूप दिएका छौं ताकि उपयोगकर्तालाई अनुकूल ईन्टरफेसको अनुभव होस्। यसबाहेक, स्मार्टडोकोले अब दैनिक फ्ल्यास–सेल र धेरै उत्साहजनक प्रस्तावहरू प्रत्येक दिन ल्याई, छिटो डेलिभरीको सेवा, नगद, कार्ड, सेलपे, ई–सेवा, अमेरिकन् एक्सप्रेस र रिवार्ड पोइन्टहरू सहित भुक्तानिको थुप्रै विकल्पहरू प्रस्तुत गरेका छौं। साथै, स्मार्टडोकोको नयाँ प्रणालीबाट विक्रेताहरुले आफ्नो मूल्य र स्टकहरु आफै अपडेट गर्न सक्नेछन्, जसका लागि इच्छुक विक्रेताहरूले हामीसँग सम्पर्क गर्न सक्नेछन्। हाम्रो मूल्यवान ग्राहकहरुलाई आवश्यक परेको बेलामा हाम्रो ग्राहक सेवा केन्द्रले सेवा प्रदान गर्नेछन्। हामीलाई विश्वास छ कि हाम्रा ग्राहकहरूले सहज अनलाइन शपिंगको अनुभव गर्नेछन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad