ad ad

राजनीति


माधव नेपालप्रति ओलीको आक्रोश : दोस्रो पदका लागि यत्रो उपद्रो गर्ने?

माधव नेपालप्रति ओलीको आक्रोश : दोस्रो पदका लागि यत्रो उपद्रो गर्ने?

नेपालखबर
पुस ९, २०७७ बिहिबार १०:३२,

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल नेतृत्वको पार्टीमा नयाँ अध्यक्ष बनेका माधवकुमार नेपाललाई पार्टीमा दोस्रो पद पाउनकै लागि मरिहत्ते र उपद्रो गरेको आरोप लगाएका छन्।

‘उहाँले (नेपाल) रजत पदक मात्र पाउनका लागि यत्रो मरिहत्ते र उपद्रो गर्नुभयो। स्वर्ण (पहिलो पद) त पाउनुभएन,’ ओलीले बिहीबार आफूपक्षीय बैठकमा भने, ‘दोस्रो र तेस्रोमा के फरक थियो र?’

माधव नेपालको आलोचनामा धेरै समय खर्च गरेका ओलीले आफू सोफामा बसेको देखेर माधव नेपालको मन भतभति पोलेको समेत टिप्पणी गरे।

नेकपाको सचिवालय बैठकमा गरिने सिटको सेटिङ अस्वभाविक खालको देखेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललगायत नेताहरुले आलोचना गरेपछि बैठकको सेटिङ पछि परिवर्तन गर्नुपरेको थियो।

‘कुर्सीको व्यवस्था अरुले गर्ने हो, मैले पछि थाह पाएँ तर म सोफामा बसेको देखेर माधव नेपालजीको मन भतभति पोलेछ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .