राजनीति


प्रधानमन्त्रीको डिजाइन चुनाव नगराउने हो, प्रतिनिधि सभा ब्युँताउनुको विकल्प छैन : प्रचण्ड

प्रधानमन्त्रीको डिजाइन चुनाव नगराउने हो, प्रतिनिधि सभा ब्युँताउनुको विकल्प छैन : प्रचण्ड

नेपालखबर
पुस ९, २०७७ बिहिबार १०:२३,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट पार्टी फुट्दैमा आफ्नो जित भएको भन्ने सोचेर नबस्न कांग्रेसलाई अनुरोध गरेका छन्।

बिहीबार बबरमहलको कार्की पार्टी प्यालेसमा भएको प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले संसद विघटनले गलत नजिर बसाल्ने बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको डिजाइन चुनाव नगर्ने भएको बताउँदै संसद ब्युँताउनुको विकल्प नभएको बताए।

‘कम्युनिस्ट पार्टी फुट्यो, अब हामीले जित्यौँ भनेर कांग्रेसले सोच्यो भने त्यसले गलत नजिर बसाल्छ। निर्वाचन ठूलो अनिश्चयमा गइसक्यो, यो डिजाइनमा गएपछि निर्वाचन हुँदैन’, प्रचण्डले भने, ‘जिउँदो संसदलाई जिउँदो बनाउनु पर्छ। बेलैमा सचेत भएर यो रोगको निधान खोज्नुपर्छ।’

उनले शान्ति प्रक्रियामा जस्तै मिलेर सहकार्य गर्न कांग्रेस जनता समाजवादी पार्टी (जसपा)लाई आग्रह समेत गरे। ‘शन्ति प्रक्रियामा सहभागी भएका, संघीयता र गणतन्त्रवादी संक्तिहरु मिलेर जानुपर्छ’, उनले भने, ‘आन्दोलन युद्ध स्थरमा गरेर यो डिजाइनलाई असफल पार्नुपर्छ। प्रतिक्रान्तिलाई रोक्नु पर्छ।

अध्यक्ष प्रचण्डले प्रदेशका इन्चार्ज र अन्य नेताहरूलाई प्रतिक्रान्तिलाई रोकेर क्रान्तिको उपलब्धि जोगाउने कार्यमा लाग्न निर्देशन दिए। ‘प्रतिक्रान्तिलाई रोक्नु छ, त्यसका लागि त्याग गर्न आवश्यक छ।’

अध्यक्ष प्रचण्डले एकतको साढे दुई वर्ष तीता मीठा अपमान सबै भोगको बताए। उनले पार्टीमा गलत प्रवृत्तिविरुद्ध भन्डाफोर गरेर ठीक गरेको दावी समेत गरे।

‘पार्टीमा गलत प्रवृत्तिको भण्डाफोर गरेर ठीकै गरिएछ। नत्र त मन्द विष पिलाएर मार्न खोजिएको महसुस हुँदैछ’, प्रचण्डले भने, ‘साहस गरौं, एकजुट रहौ, हौं र दृढ रहौँ।’

उनले प्रधानमन्त्री ओलीको असिंवैधानिक कदम सच्याउनका लागि जुनसुकै हदमा जान पनि तयार रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .