ad ad

कारोबार


ब्रोकर कमिसन घटाउने मोडालिटी निर्माण अन्तिम चरणमा छ : धितोपत्र बोर्ड

ब्रोकर कमिसन घटाउने मोडालिटी निर्माण अन्तिम चरणमा छ : धितोपत्र बोर्ड

नेपालखबर
पुस ९, २०७७ बिहिबार १०:३४,

नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने मोडालिटीको अन्तिम तयारी भइरहेको बताएको छ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगको छलफलमा बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले ब्रोकर कमिसनका सन्दर्भमा छलफल जारी रहेको र त्यसको मोडालिटी तयारी अवस्थामा पुग्न लागेको बताएका हुन्।

उनले भने, ‘कमिसन घटाउँदा स्ल्याब पनि पुनर्विचार गर्नुपर्ला। मोडालिटीमा हामी करिब–करिब अन्तिम चरणामा छौँ तर काम अझै बाँकी छ। प्राविधिक रुपमा पनि थुप्रै काम गर्न बाँकी छ। सम्भवतः हामी अंग्रेजी नयाँ वर्षदेखि यो लागू गर्न सक्छौँ।’

अध्यक्ष ढुंगानाले बोर्डले हाल गरिरहेको कार्यक्रम अवगत गराउँदै बैंक इन्टिग्रेसन, ब्रोकर टीएमएस सुधार, इलेक्ट्रोनिक रिपोर्टिङको लागि डिजिटल काम अघि बढाएको बताए।

त्यस्तै केवाईसी भर्ने व्यवस्था मिलाउन सीडीएससीलाई कार्यविधि निर्देशन दिएको स्टक डिलर इजाजत यसै महिना दिन सकिने अवस्था भएको, बजार राम्रो बनाउन सबै प्रयास गरेको जानकारी उनले दिए।

आफू बोर्डमा आएपछि १६ लाखबाट २३ लाख डिम्याट खाता पुर्याएको, अनलाइन सेयर कारोबार गर्ने एक वर्षमा २२ हजारबाट २ लाख २० हजार पुगेको र हालसम्मकै सबैभन्दा धेरै २०७१ विन्दुमा गत महिना नेप्से पुगेको समेत बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .