प्रधानमन्त्री केपी शर्मा ओलीले संकटका बेला आफूले राष्ट्रवादी अडान लिँदा पदबाट हटाउने गरिएको दाबी गरेका छन्।
अघिल्लो पटक प्रधानमन्त्री हुँदा पनि आफूले राष्ट्रका पक्षमा उभिएकै कारण हटाइएको र अहिले पनि त्यस्तै कारण आफूलाई हटाउन खोजेको उनको दाबी छ।
‘नाकाबन्दीको बेला पनि राष्ट्रका पक्षमा लिएको अडानका कारण हटाउन खोजियो, अहिले नक्सा जारी गर्दा हटाउन खोजियो,’ उनले भने।
ओलीले आफू पक्षको नेकपा केन्द्रीय सदस्यहरुको बैठकलाई बिहीबार बालुवाटारमा सम्बोधन गर्दै सो धारणा राखेका हुन्।
उनले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल दुई महत्वाकांक्षी नेताका कारण अहिले पार्टीमा समस्या आएको आरोप लगाए।
एकजना १५ वर्ष र अर्को नेता ३३ वर्ष पार्टीको नेतृत्वमा रहँदा पनि अझै नपुगेर आफूलाई हटाएर फेरि पार्टी नेतृत्व कब्जा गर्न चाहेको बताए।
Shares
प्रतिक्रिया