ad ad

राजनीति


वैधानिक नेकपा आफू भएको ‘प्रमाण’ लिएर आज निर्वाचन आयाेग जाँदै प्रचण्ड-नेपाल पक्ष

वैधानिक नेकपा आफू भएको ‘प्रमाण’ लिएर आज निर्वाचन आयाेग जाँदै प्रचण्ड-नेपाल पक्ष

नेपालखबर
पुस ८, २०७७ बुधबार ३:५७,

नेकपाको प्रचण्ड-नेपाल पक्षले आज (बुधबार) ३ सय १५ केन्द्रीय समितिको हस्ताक्षरसहितको विवरण निर्वाचन आयोगमा बुझाउँदै छ।

वैधानिक नेकपा आफू रहेको जानकारी, प्रमाणसहित मंगलबार केन्द्रीय समिति बैठकले गरेका निर्णयसहित नेताहरू आयोगमा जान लागेका हुन्।

स्रोतका अनुसार केन्द्रीय सदस्यको हस्ताक्षरसहित सबै विवरण बुझाउन नेकपा नेताको टोली अहिले बिहान १०:१५ बजे निर्वाचन आयोग जानेछ।

यसअघि नेकपा बनेपछि ४ सय ४१ सदस्यकाे विवरण आयोगमा बुझाइएको थियो।

नेकपाको आधिकारिक पार्टी हुन बहुमत सदस्य  र ती सबैको विवरण, नागरिकतासहित सनाखत हुनुपर्ने व्यवस्था छ।

सोही विवरण प्रचण्ड-नेपाल पक्षले बुझाउन लागेको एक नेताले नेपालखबरलाई जानकारी दिए। 

सोमबार स्थायी समिति सदस्य लीलामणि पोखरेलले निर्वाचन आयोग पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाइएको र केन्द्रीय सदस्यको बहुमत प्रचण्ड-नेपालका पक्षमा रहेको जानकारी दिएका थिए।

निर्वाचन आयोगबाट पार्टीकाे नाम, चुनाव चिह्न पनि बहुमत सदस्य भएकाे पक्षले नै पाउनेछ।

याे पनि :  

नेकपाका बहुमत केन्द्रीय सदस्यले अध्यक्षबाट हटाए ओलीलाई, माधव नेपाल नयाँ अध्यक्ष

प्रतिनिधि सभा विघटनपछि एक्लिएका ओली पार्टी विभाजनमा झन् कमजोर, कानुनी छिद्रको खाेजी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .