नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री ओलीले नेकपाको महाधिवेशन आयोजक समिति १ हजार १९९ सदस्यीय बनाउन प्रस्ताव गरेका छन्।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आफूपक्षीय केन्द्रीय समितिको बैठकमा ओलीले यस्तो प्रस्ताव गरेका हुन्।
नेकपामा अहिले भएका ४४६ जनाको केन्द्रीय कमिटीमा तत्काल ५५६ जना थप गर्ने र बाँकी १९७ थप गर्न सक्नेगरी १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समिति प्रस्ताव गरेको हुन्।

प्रतिक्रिया