राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले दिएको स्पष्टीकरण दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन्।
उनले बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्रीको अभिव्यक्तिबारे मन्त्रीहरुले स्पस्टीकरण दिनेकुरा विश्वमा कहीँ नभएको जिकिर पनि गरे। नेपालको इतिहासमा प्रधानमन्त्रीको अभिव्यक्तिको स्पस्टीकरण मन्त्री खनालले दिएर सरकार उल्टो गतिमा हिँडेको नेता शाहीको भनाई थियो।
उनले प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको भूमि मिचेको भनि दिएको अभिव्यक्ति गम्भीर राजनीतिक तथा भूराजनीतिक त्रुटी भएकाले उनी आफूले संसदमा आएर सच्याउनुपर्ने अडान दोहोर्याए।
नेता शाहीले भने, देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीबाट भएको गम्भीर राजनीतिक तथा भूराजनीतिक त्रुटी मन्त्रीहरूले सच्याउनुपर्ने परिस्थिति आयो। सामान्यतया जिम्मेवार परिपक्व शासन व्यवस्थामा यसको ठिक उल्टो हुन्छ त्यो व्यवस्थामा। मन्त्री, सांसद वा अन्य पदाधिकारीबाट कुनै त्रुटी भए प्रधानमन्त्रीले अभिभावकत्व ग्रहण गर्दै त्यसलाई सच्याउँछन्, राष्ट्रिय धारणा स्पष्ट पार्दछन्। र, मुलुकलाई एकीकृत दिशामा अघि बढाउँछन्। तर दुर्भाग्यवश आज हामीले त्यसको विपरित दृष्य देखिराखेका छौँ।’
नेता शाहीले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति पछि नेपाल भारत सीमा क्षेत्रमा जनताले दुःख झेल्नु परिरहेको भन्दै आपत्ति जनाए।
Shares

प्रतिक्रिया