ad ad

राजनीति


बहुमत प्राप्त सरकार बन्ने सम्भावना भएसम्म प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्दैनन्: डा.भट्टराई

बहुमत प्राप्त सरकार बन्ने सम्भावना भएसम्म प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्दैनन्: डा.भट्टराई

नेपालखबर
पुस ६, २०७७ सोमबार २३:१९,

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालको वर्तमान राजनीतिक प्रणाली प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने खालको नयाँ भएको दाबी गरेका छन्।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले सामाजिक सञ्जालमार्फत हाम्रो संविधानले व्यवस्था गरेको प्रणाली प्रधानमन्त्रीले संसद विघटन गर्न सक्ने विशेषाधिकार भएको वेस्टमिन्सटर प्रणाली नभएको बताएका हुन्।

‘दिग्गज मानिएका केही बौद्धिक मित्रलाई संविधान निर्मातामध्ये एकको नाताले हल्का reminder : १. हाम्रो संविधानले व्यवस्था गरेको प्रणाली प्रमको संसद विघटन गर्नसक्ने विशेषाधिकार भएको वेस्टमिन्सटर प्रणाली नभै बहुमत प्राप्त सरकार बन्ने सम्भावना भएसम्म संसद विघटन हुननसक्ने नयाँ प्रणाली हो,’ डा. भट्टराईले सोमबार ट्विट गरेका छन्, ‘२. क्रान्तिपछि संविधानसभाबाट बन्ने संविधान निर्माणमा मुख्य भूमिका सभाध्यक्ष वा कानुनविद्को नभै क्रान्तिकारी नेताहरू र व्यावहारिक रूपमा विषयगत समिति सभापति र संवैधानिक समितिका सभापतिको हुन्छ। eg अमेरिकाका James Madison, भारतका B R Ambedkar। भाषा मिलाउने कानुनविद् गणेश स्थापना सभाध्यक्ष !’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .