राजनीति


प्रतिनिधि सभा जीवित छ, बहुमतसहित सर्वोच्च गएर प्रमाणित गर्छौं : प्रचण्ड

प्रतिनिधि सभा जीवित छ, बहुमतसहित सर्वोच्च गएर प्रमाणित गर्छौं : प्रचण्ड

नेपालखबर
पुस ६, २०७७ सोमबार १०:३८,

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा विघटनको घोषणा भए पनि सो मृत नभएको बताएका छन्।

‘विघटनका कारण प्रतिनिधि सभा मरेको भनेर नठान्नुस्, यो जीवित नै छ,’ प्रचण्डले संसद भनवमा सोमबार राखेको आफू पक्षका सांसदहरुको भेलामा भने, ‘आज यहाँ ९३ जना भएका छौं, हामीले यसका पक्षमा २०० जना पु¥याएर सर्वोच्च अदालत जान्छौं र प्रतिनिधि सभा जिवित रहेको स्थापित गरेरै छाड्छौं।’

सो भेलाले प्रधानमन्त्रीको कदमविरुद्ध कानुनी र राजनीतिक दुवै प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

प्रचण्डले यसअघिका प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेका घट्ना, त्यसका कारण सिर्जना भएका राजनीतिक संकट आदिको गहन अध्ययन गरेर संविधान बनाउने क्रममा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने प्रावधान हटाइएको बताए।

‘यसअघि गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, शेरबहादुर देउवा लगायतले प्रतिनिधि सभा विघटन गर्दाका सन्दर्भहरु सबै राम्रोसँग अध्ययन गरेर प्रधानमन्त्रीलाई त्यो विशेषाधिकार दिनुहुँदैन भनी त्यसलाई परिवर्तन गरिएको हो,’ प्रचण्डले सो भेलामा सांसदहरुसँग प्रष्ट पारेका थिए।

अहिले प्रधानमन्त्री ओलीले जुन प्रावधानमा टेकेर प्रतिनिधि सभा विघटनको सिफारिश गरेका छन्, सो प्रावधान त्यो प्रयोजनका लागि हुँदै नभएको प्रचण्डको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad