समाज


इयूमा आवद्ध मुलुकहरुले यसै महिनादेखि खोप लगाउन सुरु गर्ने सम्भावना

इयूमा आवद्ध मुलुकहरुले यसै महिनादेखि खोप लगाउन सुरु गर्ने सम्भावना

नेपालखबर
पुस ६, २०७७ सोमबार १०:३८,

कोरोनााभाइरसका कारण जनजीवन अस्तव्यस्त भइसकेको अवस्थामा खोप लगाउने बारेमा युरोपेली युनियनमा छटपटी शुरु भइसकेको छ।

आम्सटरड्यामस्थित मुख्यालय रहेको युरोपियन मेडिसिन एजेन्सी इएमएले डिसेम्बर २९ अघि नै खोप लगाउन अनुमति दिने सम्भावना छ।

जर्मनी र अरु युरोपेली मुलुकहरुले लगातार दबाब दिएपछि इएमएले फाइजरको खोप स्वीकृत गर्न लागेको हो।

बेलायत र संयुक्तराज्य अमेरिकाले यसअघि नै फाइजरका खोप प्रयोगमा ल्याइसकेका छन्। यो खोप अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोएनटेकले विकास गरेका छन्। यस खोपलाई आपतकालीन प्रयोगका लागि अमेरिकी औषधि नियामक निकाय एफडिएले अनुमति दिएको थियो ।

युरोपेली युनियनमा आबद्ध २७ मुलुकले आगामी डिसेम्बर २७ देखि खोप लगाउने तयारी गरेका छन् तर इएमएले एक वर्षका लागि शःसर्त अनुमति प्रदान गर्न लागेको युरोपेली आयोगले जनाएको छ।

इएमएले खोप स्वीकृत गर्ने बारेमा गहन अध्ययन र परामर्श गरिरहेको जनाएको छ। इएमएका प्रमुख एमर कूकले गत साता कोभिड–१९ को खोपको मूल्याँकन गर्न आफ्नो निकायले दिनरात काम गरिरहेको बताएका छन्।

‘इएमएको बारेमा निर्णय सोमबार हुनेछ, तर यस मितिमा निर्णय नभए डिसेम्बर २९ मा अर्को बैठक बस्नेछ’ उनले भने। अमेरिकी फर्मास्युटिकल्स कम्पनी मोडर्नाको खोप बारेमा भने जनवरी ६ मा निर्णय गर्ने इएमएले जनाएको छ।

फाइजर–बायोएनटेकको खोप ९५ प्रतिशत प्रभावकारी रहेको प्रमाणित भइसकेको छ। यस खोपलाई माइनस ७० डिग्री सेल्सियसमा राख्नु पर्दछ र झण्डै तीन साताको अन्तरालमा दुई डोज दिनु पर्दछ। एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad