राजनीति


ओलीविरुद्ध खनिए योगेश भट्टराईः प्रधानमन्त्रीको जस्तो बाध्यता भए पनि लोकतन्त्रविरुद्ध जान पाइँदैन

ओलीविरुद्ध खनिए योगेश भट्टराईः प्रधानमन्त्रीको जस्तो बाध्यता भए पनि लोकतन्त्रविरुद्ध जान पाइँदैन

नेपालखबर
पुस ६, २०७७ सोमबार ७:२७,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीबाट राजीनामा दिएका योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको जस्तो बाध्यता भए पनि लोकतन्त्रविरुद्ध जान नपाइने बताएका छन्।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदमार्फत राष्ट्रपति विद्या भण्डारीद्वारा प्रतिनिधिसभा विघटन गराएलगत्तै सामूहिक राजीनामा गरेकामध्ये एक रहेका उनले पर्यटन मन्त्रालयमा आज सचिव तथा मन्त्रालयका कर्मचारीको विदाइ कार्यक्रममा उक्त कुरा बताएका हुन्।

‘प्रतिकूल राजनीतिक घटनाक्रमले राजीनामा दिनुपर्यो, संसद् सधैँ जीवित हुनुपर्छ’, उनले भने, ‘प्रधानमन्त्रीको कदम संवैधानिक छैन, प्रधानमन्त्रीको जस्तो बाध्यता भए पनि लोकतन्त्रविरुद्ध जान पाइँदैन।’

साथै उनले संवैधानिक अंगका सदस्यहरु स्वतन्त्र छन् भने संसद पुनर्स्थापना हुनेमा शतप्रतिशत विश्वास रहेकाे बताए। उनको यो भनाइ सर्वोच्च अदालत र न्यायाधीशहरुतर्फ इंगित थियाे।

भट्टराईले आफ्नो मन्त्रालयतर्फको भौतिक पूर्वाधार विकासमा क्रान्ति भएको दाबी गरे। हिजो राजीनामा घोषणा गरेका भट्टराईले मन्त्रीको रुपमा १७ महिने कार्यकाल बिताए।

उनी २०७६ साउन १५ मा मन्त्री भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad