प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा आफू पहिलो अध्यक्ष भएका कारण अरुले बोलाएको बैठक वैधानिक नहुने बताएका छन्।
सोमबार बिहान आफूनिकट नेताहरुको बालुवाटारको भेलामा प्रधानमन्त्री ओलीले आइतबार बसेको नेकपा स्थायी समितिको बैठक अवैधानिक भएको बताउँदै आफूलाई कारबाही गर्नै निर्णय हास्यास्पद भएको बताए।
उनले संसद विघटन गर्ने आफ्नो कदम संवैधानिक भएको दावी समेत गरेका छन्।
यस्ता छन् प्रधानमन्त्रीको सम्बोधनका मुख्य बुँदाहरु
अप्ठेरोमा जनतासमक्ष जानुलाई निरंकुश कदम भन्ने न्यारेटिभ चलाइएको छ, त्यो गलत छ।
जनताले जुन आदेश दिएर पठाएका थिए, त्यसलाई पूरा गर्न अवरोध खडा गरेपछि जनतामा जानु उच्च लोकतान्त्रिक कदम हो।
संसद् विघटन मेरो निजी रोजाई होइन, पार्टीको आन्दोलन र भविष्य जोगाउन अरु कुनै बिकल्प नभएपछि भारी मनका साथ ताजा जनादेशका लागि जनतामा जाने निर्णय गर्नु प¥यो।
प्रचण्डको उद्धेश्य सरकारलाई कमजोर बनाउने, शक्ति आर्जन गर्ने र पार्टीमा कब्जा जमाउने थियो।
सरकार र पार्टी चलाउन माधव नेपालले सहयोग गरेनन्।
मैले एक कार्यकाल प्रधानमन्त्री र एक कार्यकाल पार्टी चलाउने भनेको हो, उहाँ(माधव नेपाल) १५ वर्ष पार्टी चलाउनु भयो र अझै चलाउन खोज्दै हुनुहुन्छ।
आइतबारको स्थायी समितिको बैठक अवैधानिक, आफूलाई कारबाही गर्ने कुरा हास्यास्पद।
पहिलो अध्यक्ष म हो, अरुले बोलाएको बैठक बैधानिक हुन्न।
मलाई कहिल्यै पनि काम गर्न दिएनन्, राम्रो काम गर्न खोज्यो कि रोकिहाल्छन्।
मेरा लागि कारबाही अनौठो र नयाँ विषय होइन्।
प्रचण्डले एउटै चुनाब चिन्हमा लिएर निर्वाचनमा जाने सहमति सुरुमै सहमति तोड्नु भएको हो।
कतिपय ठाउँमा जित्ने मान्छेलाई टिकट नदिएर परिवारलाई दिएका कारण पनि पारजित भइयो।
माथिका टाउको गनेर केही हुन्न, चुनावमा जानुहोस म समन्वय गर्छु।
सरकारले के गरिरहेको छ र त्यसलाई बदनाम गर्न के प्रचार भइरहेको छ जनताले बुझेका छन्।
सरकारले राम्रो काम गरेको छ, भ्रम चिरेर जनतामाझ जानुहोस्, तीन करोड नेपाली कहाँ पुग्नुहोस्।

प्रतिक्रिया