प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटन गर्ने प्रधामन्त्रीको कदमलाई राजनीतिक रुपले प्रतिवाद गर्ने बताएको छ।
आइतबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटन गर्न प्रस्ताव गरेको केही समयमा नै कांग्रेसले प्रधानमन्त्रीको कदम ओकतानित्रक भएको भन्दै त्यसको प्रतिवाद राजनीतिक रुपले गर्ने बताएको हो।
कांग्रेसले संविधान र लोकतन्त्र रक्षाका लागि एक जुट हुन सबैमा आग्रह समेत गरेको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक ट्विट गर्दै अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याइने बताएका छन्।
‘प्रधानमन्त्रीको कदमलाई नेपाली कांग्रेसले राजनैतिक रूपमा प्रतिवाद गर्नेछ। संविधान र लोकतन्त्र रक्षाका लागि एक जुट हौं।अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याइने छ’, प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।
प्रधानमन्त्रीको कदमलाई नेपाली कांग्रेसले राजनैतिक रूपमा प्रतिवाद गर्नेछ l संविधान र लोकतन्त्र रक्षाका लागि एक जुट हौं l
अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याइने छ ! जय नेपाल ! pic.twitter.com/gIVNGCg9U9

प्रतिक्रिया