खेल


मेस्सीद्वारा पेलेको कीर्तिमानको बराबरी

मेस्सीद्वारा पेलेको कीर्तिमानको बराबरी

नेपालखबर
पुस ५, २०७७ आइतबार ०:४८,

एउटै क्लबबाट सर्वाधिक ६४३ गोल गर्ने ब्राजिली लिजेन्ड पेलेको कीर्तिमान लियोनल मेस्सीले बराबरी गरेका छन।

स्पेनिस ला लिगामा शनिबार राति भ्यालेन्सियाविरुद्ध बार्सिलोनाले २–२ को बराबरी खेल्दा एक गोल गर्दै मेस्सीले पेलेको कीर्तिमानी बराबरी गरेका हुन।

पेलेले ब्राजिली क्लब सान्तोसबाट १९ सिजन खेल्दै गरेको ६४३ गोलको कीर्तिमान मेस्सीले बार्सिलोनाबाट खेल्दै बराबरी गरेका हुन।

मेस्सी २००५ यता बार्सिलोनामा आवद्ध छन। उनले सोहीवर्ष अल्बाकाटेविरुद्ध पहिलो गोल गर्नुभएको थियो।

पेलेले १९५६ देखि १९७४ सम्म सान्तोसबाट खेल्दै ६४३ गोलको कीर्तिमान रचेका थिए।

मेस्सीले कीर्तिमान रचेपनि अंकतालिकाको मध्यमा भएको भ्यालेन्सियाविरुद्ध बार्सिलोनाले बराबरी खेलको छ।

२९औं मिनेटमा माउकेटर डियाकोबीले पाहुना टोली भ्यालेन्सियालाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा मेस्सीले हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए।

५२औं मिनेट आरायुजीले बार्सिलोनालाई अग्रता दिलाएपनि ६९ औं मिनेटमा म्याक्सी गोमेजले बराबरी गोल फर्काए।

यो नतिजासँगै २६ पटकको च्याम्पियन्स बार्सिलोना ला लिगाको पाँचौ स्थानमा छ। शीर्ष स्थानको एट्लेटिको म्याड्रिडभन्दा अझै बार्सिलोना आठ अंकले पछि छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad