राजनीति


अब सडक आन्दोलनको नेतृत्व राप्रपाले गर्छ : थापा

अब सडक आन्दोलनको नेतृत्व राप्रपाले गर्छ : थापा

नेपालखबर
पुस ४, २०७७ शनिबार ११:४०,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने भएको छ।

राप्रपाले हिन्दूराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै उपत्यकामा प्रदर्शन गर्न लागेको हो।

शनिबार काठमाडौंमा आयोजित उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले हिन्दूराष्ट्र र राजसंस्थाको पुनःस्थापना हुनुपर्ने बताए।

पछिल्लो समय देशभर हिन्दूराष्ट्र र राजसंस्थाको पक्षमा भइरहेका प्रदर्शनमा पनि राप्रपाको समेत समर्थन रहेको राणाले बताए। उनले राप्रपाले झापा, मकवानपुर र महोत्तरी लगायतका जिल्लामा जनप्रदर्शन गरिसकेको र यही पुस १७ गते काठमाडौंमा समेत प्रदर्शन गर्न लागेको बताए।

यस्तै अहिलेको बुहमत प्राप्त सरकारले जनताको अभिमतको दुरुपयोग गरिरहेको र त्यसको पूर्ण रुपमा विरोध गर्दै मुलुकमा हिन्दूराष्ट्र र राजसंस्था पुनरस्थापना गर्न दबाब दिन पनि आन्दोलन आवश्यक रहेको उनको भनाइ थियो।

अध्यक्ष राणाले महँगी नियन्त्रण, बेरोजगारी समस्या समाधान गर्न, भ्रष्ट्राचार नियन्त्रण गर्न, संगठित धर्म परिवर्तन रोक्न सरकार असफल भएकाले पनि राप्रपा सडकमा उत्रनुपरेको बताए।

कार्यक्रममा अर्का अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा स्वतःस्फुर्त रुपमा भइरहेको प्रदर्शनमा राप्रपाको समर्थन रहेको र अव हुने आन्दोलनको नेतृत्व राप्रपाले गर्ने बताए।

यस्तै अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कोरोना महामारी नियन्त्रण गरी आर्थिक विकास गर्न सरकार पूर्णरुपमा असफल भएको बताउँदै जनताले चाहेको परिवर्तनलाई संस्थागत गर्न पनि आन्दोलन आवश्यक रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad