समाज


कोरोनाः वासिङ्टनमा मार्च ३१ सम्म स्वास्थ्य सङ्कटकाल

कोरोनाः वासिङ्टनमा मार्च ३१ सम्म स्वास्थ्य सङ्कटकाल

नेपालखबर
पुस ४, २०७७ शनिबार ११:२४,

स्वास्थ्य सङ्कटकाल आगामी मार्च ३१ सम्मका लागि कायमै राख्ने निर्णय भएको मेयरको कार्यालयले जनाएको छ।

“आज मेयर मुरिएल बोसेरले एउटा आदेश जारी गर्दै कतिपय गतिविधिमा प्रतिवन्ध लगाउनु भएको छ,” कार्यालयका एक अधिकारीले भने।

स्वास्थ्य सङ्कटकाल लगाइएको बारेमा सरकारी अधिकारीले शुक्रबार बेलुका जानकारी दिएका हुन्।

विषेश गरेर क्रिसमस र नयाँ बर्ष मनाउनका लागि धेरै भीडभाड तथा चहलपहल हुने र त्यही क्रममा कोरोना भाइरसको सङ्क्रमण थप फैलिने खतरा देखिएकाले सङ्कटकाल लम्ब्याइएको उनीहरुको भनाइ छ।

विश्व स्वास्थ्य संगठनले गत बर्षको मार्च ११ तारिखमा कोरोना भाइरसको असरलाई महामारी घोषणा गरेको थियो।

कोरोना भाइरसका कारण विश्वभरी अहिलेसम्म सात करोड ५६ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् भने १६ लाख ७० हजारभन्दा बढीको मृत्यु भएको छ।

ती मध्ये सबैभन्दा धेरै अमेरिकामा मात्रै तीन लाख १३ हजारभन्दा बढीको मृत्यु भएको र एक करोड ७४ लाखभन्दा बढी सङ्क्रमित भएको अधिकारीले जनाएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad