समाज


उत्तर कोरियामा विदेशी रेडियो सुनेको भन्दै एक माझीलाई गोली हानी मारियो

उत्तर कोरियामा विदेशी रेडियो सुनेको भन्दै एक माझीलाई गोली हानी मारियो

नेपालखबर
पुस ४, २०७७ शनिबार ६:२२,

अमेरिकाको लगानी रहेको रेडियो फ्रि एसियाका अनुसार आफ्नो रेडियो सुनेकै कारण उत्तर कोरियाका एक गत अक्टोबरमा माझीलाई सार्वजनिक स्थलमै गोली हानी मारिएको हो।

चोइ नाम गरेका माझीको डुंगाको क्याप्टेनलाई अन्य १०० माझीहरुको अगाडि गोली हानिएको थियो।

४० वर्षका ती माझीका क्याप्टेनले आफूले रेडियो फ्रि एसिया १५ वर्षयता सुनिरहेको स्वीकार गरेका थिए। समुद्रमा रेडियो फ्रि एसिया राम्रोसँग सुनिने र त्यहाँ कोरियाली भाषामा समाचारहरु आउने गरेका कारण उनले उक्त रेडियो सुन्थे।

North Korea Executes Fishing Fleet Captain for Listening to RFA — Radio  Free Asia

उत्तर कोरियामा विदेशी रेडियो सुन्न तथा टेलिभिजन हेर्न प्रतिबन्ध छ। रिपोर्टस विथआउट बोर्डरका अनुसार उत्तर कोरियामा प्रेस स्वतन्त्रता छैन।

यसबीचमा सार्वजनिकस्थलमा चोइको हत्या गरेर त्यहाँको अधिकारीहरुले विदेशी च्यानल नसुन्न चेतावनी दिएको बताइएको छ।

५० वटा माछामार्ने जहाजका मालिक रहेका चोइले विदेशी रेडियो सुन्ने विषय उनकै चालकदलका सदस्यले सरकारी अधिकारीहरुलाई खबर गरेका थिए। चोइ सेनाको रेडियो ओपरेटर हुँदैदेखि विदेशी रेडियो सुन्थे।

तर सैन्य जीवन त्यागेपछि पनि उनले विदेशी रेडियो सुन्ने बानी छाड्न सकेनन्। चोइको कार्य वर्कर्स पार्टीको सिद्धान्त विपरित भएको भन्दै उनलाई मृत्युदण्ड दिइएको हो। एजेन्सी

Exclusive: Investigating how North Korean fishermen plunder foreign waters  - Reporters

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad