ad ad

राजनीति


प्रचण्डले बालुवाटार धाउन नसक्ने भनेपछि ओली पुगे खुमलटार

प्रचण्डले बालुवाटार धाउन नसक्ने भनेपछि ओली पुगे खुमलटार

नेपालखबर
पुस ४, २०७७ शनिबार ४:३१,

पार्टीभित्र जारी विवाद समाधानका लागि प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली कार्यकारी अध्यक्ष प्रचण्ड भेट्न अहिले खुमलटार पुगेका छन्।

शुक्रबार साँझ बालुवाटारमा भएको भेटवार्तापछि प्रधानमन्त्री ओली पुनः प्रचण्डसँग छलफल शनिबार बिहान खुमलटार पुगेका हुन्।

बिहान ११ बजे अध्यक्ष ओली खुमलटार पुगेको र अहिले दुई अध्यक्षबीच छलफल सुरु भएको प्रचण्डको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले हिजै गरेका थिए खुमलटार आउने प्रस्ताव
सत्तारूढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डसँग आज भेट्न खुमलटार आउँछु भनेर हिजै भनेको नेकपाका एक नेताले जानकारी दिएका छन्।

शुक्रबार साँझ ५ बजे बालुवाटारमा भएको भेटमा ओलीले आफू खुमलटार आएर चिया पिउने बताएका थिए।

ओलीले प्रचण्डसँग भने, ‘म भोलि चिया पिउन खुमलटार आउछु, त्यहाँ छलफल गरौं।’ 

प्रचण्डले आफू पटकपटक बालुवाटार धाउन परेको संकेत गरेपछि ओलीले यस्ताे भनेका थिए। 

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि प्रधानमन्त्री ओली पार्टीभित्रबाट थप दबाबमा परेका छन्।  उनले अध्यादेश अझै फिर्ता गरेका छैनन्। यहीबीच ओली-प्रचण्ड भेट भएको हो

प्रचण्ड-ओली भेटअघि महासचिव पौडेल गएका थिए खुमलटार

प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भेटअघि महासचिव विष्णु पौडेल प्रचण्ड निवास खुमलटार पुगेका थिए।

पौडेलले शनिबार बिहान ८ बजे खुमलटार पुगेर प्रचण्डसँग छलफल गरेका हुन्। पार्टीमा जारी विवाद समाधानको लागि निरन्तर सक्रिय रहेका पौडेलले सहमति गरेर अघि बढ्न प्रचण्डले पहल लिनुपर्ने बताएको खुमलटार स्रोतले जनायो।

महासचिव पौडेलले प्रचण्डलाई दुई अध्यक्ष मिल्नुपर्ने र पार्टीमा देखिएको संकट समाधान गर्नुपर्ने बताएका थिए । जवाफमा प्रचण्डले प्रधानमन्त्री ओलीकै कारण समस्या चुलिएको भन्दै प्रधानमन्त्रीले पार्टी निर्णय कार्यान्वयन गरे समस्या समाधान हुने बताएका थिए।

कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव ल्याएपछी त्यसको जवाफमा ओलीले पनि मंसिर १३ गते आफ्नो प्रतिवेदन सचिवालयमा पेश गरे। दुबै प्रतिवेदनलाई छलफल गर्न स्थायी समितिमा पेश गरिएको छ।

मंसिर २१ गतेदेखि दुबै प्रतिवेदन माथि छ्लफल सुरु भएको थियो। तर प्रधानमन्त्री ओली सो बैठकमा अनुपस्थित भएपछि एकहप्ता स्थगित गरेर मंसिर २८ गते बैठक बसेको थियो। सो बैठक भने केन्द्रिय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रस्ताव ब्यक्त गर्दै पुस १ गते बस्नेगरी स्थगित भयो।

मंसिर ३० गते प्रधानमन्त्री ओलीले संबैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याएपछी पुस १ गतेको स्थायी समिती बैठक अध्यादेश फिर्ता गराउन केन्द्रित भयो। अब पुस ५ गते पुनः बैठक बस्दैछ।

याे पनि :  

बालुवाटारमा ओली प्रचण्डबीच एक घण्टा भेटवार्ता

प्रचण्ड-नेपाल समूहको भेलामा किन गएनन् वामदेव र नारायणकाजी?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .