गृह मन्त्रालयलले १८ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ।
शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिव र उपसचिवको सरुवा गरेको हो।
मन्त्रालयले ललितपुर, धनकुटा, महोत्तरी, गुल्मी, रामेछाप, भोजपुर, खोटाङ, डोल्पा, मुगु, पाँचथर र तेह्रथुम जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो।
ललितपुरको प्रमुख जिल्ला अधिकारमिा ढुण्डिप्रसाद निरौलालाई सरुवा गरिएको छ। यसअघि उनी गृह मन्त्रालयमा कार्यरत थिए।
त्यस्तै केशवप्रसाद बिमलीलाई जिल्ला प्रशासन कार्यालय धनकुटाबाट महोत्तरी सरुवा गरिएको छ भने धनकुटामा गृहका सहसचिव वासुदेव दाहाललाई पठाइएको छ।
यस्तो छ सरुवा सूची


प्रतिक्रिया