राजनीति


तीन बुँदे सहमतिबारे प्रधानमन्त्रीको सचिवालयले के भन्यो?

तीन बुँदे सहमतिबारे प्रधानमन्त्रीको सचिवालयले के भन्यो?

नेपालखबर
पुस १, २०७७ बुधबार १६:३,

नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्कमल दाहालबीच भएको तीन बुँदे सहमतिबारे प्रधानमन्त्री ओलीको सचिवालयले आफ्नो धारणा सार्वजनिक गरेको छ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले बुधबार साँझ ट्वीट गरी सहमतिबारे स्पष्ट पारेका हुन्।

उनका अनुसार ‘स्थायी समितिको आजको सर्वसम्मत निर्णयः संवैधानिक आयोगहरुमा नियुक्ति सहमतिमा गर्ने, सहमतिमा आयोगमा नियुक्ति हुने हुँदा अध्यादेश फिर्ता गर्ने, अध्यादेश फिर्ता हुने हुँदा संसद आव्हानको निवेदन फिर्ता गर्ने’ रहेका छन्।

 

दुई अध्यक्षबीचको सहमतिबारे प्रचण्डको सचिवालयले पनि आफ्नो धारणा स्पष्ट पार्दै पार्टीमा पेश भएको राजनीतिक प्रस्ताव फिर्ता गर्ने सहमति नभएको जनाएको छ।

यता, वरिष्ठ नेता माधवकुमार नेपालले भने दुई अध्यक्षबीच आपसी समझदारी गरे पनि त्यत्तिले मात्र पार्टी नचल्ने र त्यस्ता सहमति समझदारीलाई पार्टी कमिटीमा ल्याउनैपर्ने बताएको उनी निकट एक नेताले जानकारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad