राजनीति


नेकपाका दुई अध्यक्षबीचको सहमतिबारे प्रचण्डको सचिवालयले यसाे भन्यो

नेकपाका दुई अध्यक्षबीचको सहमतिबारे प्रचण्डको सचिवालयले यसाे भन्यो

नेपालखबर
पुस १, २०७७ बुधबार १५:११,

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पार्टीमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच बुधबार भएका सहमतिबारे स्पष्ट पारेको छ।

प्रचण्डको सचिवालयले पार्टीमा पेश भएको राजनीतिक प्रस्ताव फिर्ता गर्ने सहमति नभएको जनाएको छ।

सरकारले जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता गर्ने, राजनीतिक नियुक्ती बदर र संसदको विशेष अधिवेशन बोलाउने माग गर्दै राष्ट्रपति कार्यालयमा पेश गरिएको निवेदन फिर्ता लिने सहमतिसँगै दुई अध्यक्षले पेश गरेको राजनीतिक प्रतिवेदनसमेत फिर्ता गर्ने सहमति भएको समाचार आएको थियो।

सो समाचारबारे प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटा ‘जुगल’ ले खण्डन गरेका छन्।  उनले फेसबुक स्ट्याटसमा लेखेका छन्–

आज २०७७ पुष १ गते बालुवाटारमा बसेको पार्टी स्थायी समितिको बैठकले निम्न निर्णयहरु गरेको छ।

१) सरकारले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने साथै राष्ट्रपति समक्ष संसदको अधिवेशनको माग गर्दै पेश गरिएको आवेदन पनि फिर्ता गर्ने सर्वसम्मत निर्णय भएको छ।

२) संवैधानिक नियुक्तिहरु सहमतिमा मात्र टुङ्ग्याउने निर्णय भएको छ।

३) पार्टी स्थायी समितिको बैठक यही पुष ५ गते र पार्टी केन्द्रीय समितिको बैठक पुष १० गते बस्ने निर्णय भएको छ।

४) बैठकमा पेश भएका प्रस्तावहरु पार्टीको स्थायी समिति र केन्द्रीय समितिका बैठकहरुमा छलफल गर्ने। राजनीतिक प्रस्ताव फिर्ताको हल्ला निराधार र कपोलकल्पित भएको जानकारी गराउँदछु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad