नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि उत्पन्न राजनीतिक संकटका विषयमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट नेताहरू बुधबार बिहानै खुमलटार पुगेका छन्।
स्रोतका अनुसार जनार्दन शर्मा, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, गणेश शाहलगायत प्रचण्डलाई भेट्न गएका हुन्।
आज दिउँसो १ बजे नेकपा स्थायी कमिटी बैठक बस्दै छ। अब के केसरी अगाडी बढ्ने भन्ने विषयमा प्रचण्ड पक्षीय भेला भएको हो।
छलफलमा के निर्णय भयो भन्नेबारे खुलाइएकाे छैन।
3
Shares

प्रतिक्रिया