पार्टीभित्र विवाद तीव्र भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका संसदीय दलका प्रमुख सचेतक देव गुरुङको राजीनामा माग गरेका छन्।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आइतबार नै उनको राजीनामा मागेका हुन्।
गुरुङले भने आफुलाई पार्टीले दलको प्रमुख सचेतक बनाएको हुँदा राजीनामा नदिने बताएका थिए।
‘पार्टीमा निर्णय गराउनु भएको हो प्रधानमन्त्रीज्यू, नभए त कसरी मिल्ला र?’ गुरुङले प्रधानमन्त्रीलाई भनेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।
उनको राजीनामा माग गरिएको सम्बन्धमा सोधिएको विषयमा गुरुङले नेपालखबरसँग यसो भने–
हाम्रो पार्टीमा नेताहरुको जिम्मेवारी वाँडफाँट पार्टी कमिटिले गरेको हो। पार्टीमा अहिले प्रजातान्त्रिक तरिबाबाट जाने कि एकाधिकारवादी, सर्वसत्तावादी तरिकाबाट जाने भन्ने कुरामा बहस छ।
एकाधिकारवादी, सर्वसत्तावादी बाटोबाट जाँदाखेरी त पार्टीमा निषेध गर्न खालका घटनाक्रम त स्वतः आइहाल्छन्।
के आयो र के आएन मुख्य प्रश्न होइन। मुख्य प्रश्न फरक मतलाई निषेध हुन्छ कि हुँदैन भन्ने हो।
यसकारणले गर्दा विचारधाराको आधारमा हेर्दा, लाइनको आधारमा हेर्ने कुरा हो। फरक मतलाई निषेध गर्ने खालको चिन्तन र प्रवृत्तिको पार्टीमा बहस चलिरहेको छ।
एकाधिकारवादी, सर्वसत्तावादी चिन्तनको बारेमा बहस चलिरहेको छ। निषेधवादी चिन्तनको बारेमा बहस जारी छ।
कम्युनिष्ट पार्टी सर्वसत्तावादी तरिकाबाट जाने कि लोकतान्त्रिक विधिलाई अनुसरण गर्दै सामूहिक नेतृत्वका आधारमा जाने?
पार्टी प्रणालीलाई केन्द्रविन्दू गराउने, नीति प्रणाली पालना गर्दै पार्टीको विधि पद्धतिलाई अनुसरण गर्ने बाटोमा या व्यक्तिवादी ढंगले निषेधवादी ढंगल जाने हो? भन्ने दुईवटा विषयमा पार्टीमा छलफल भइरहेको छ।
अब के गर्ने भन्ने पार्टी कमिटीले निर्णय गर्छ।
Shares

प्रतिक्रिया