सेयरबजारमा आज ६ अर्ब ६ करोड रुपैयाँको कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ५.७५ अंकले घटे पनि ९७ लाख ५५ हजार ५ सय ४७ कित्ता सेयर बिक्री भएको छ।
मंगलबार २०५ कम्पनीको सेयर किनबेच भएको हो। सूचक घटे पनि दुई हजार माथि नै रहेको छ। आज ४७ हजार ७ सय ६९ पटक कारोबार भएको थियो। कुल १२ समूहमध्ये आज वाणिज्य बैंक, जीवन बीमा र माइक्रोफाइनान्स कारोबार सूचक हरियो छ।
आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५२ करोड ३८ लाखको कारोबार भएको छ। यो आजको सर्वाधिक कारोबार हो। त्यस्तै पुनर्बीमा कम्पनीको ३६ करोडको, नेपाल बैंकको २२ करोडको, नेशनल लाइफ इन्स्योरेन्सको २० करोड ४० लाख र नबिल बैंकको २० करोड १ लाखको कारोबार भएको छ।
आज पाँच कम्पनीको सकारात्मक सर्किट ब्रेक लागेको छ। उन्नति सहकार्य लघुवित्त, महुली सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था र नारायणी डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशत हाराहारीमा बढेको हो।
आज गुमाउने कम्पनीहरुले ४.७६ प्रतिशतसम्म गुमाएका छन्।
Shares

प्रतिक्रिया