ad ad

राजनीति


काम गर्न सकिनँ भन्ने महसुस हुनासाथ राजीनामा दिन्छुः पर्यटनमन्त्री भट्टराई (भिडियो)

काम गर्न सकिनँ भन्ने महसुस हुनासाथ राजीनामा दिन्छुः पर्यटनमन्त्री भट्टराई (भिडियो)

नेपालखबर
साउन १६, २०७६ बिहिबार ५:४६,

नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले आफूले सोचेअनुरुप काम गर्न नसके पद मात्रै ओगटेर नबस्ने बताएका छन्।

बिहीबार तत्कालीन एमालेको पार्टी कार्यालय बल्खुस्थित मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै मन्त्री भट्टराईले आफू असफल भएको महसुस हुनासाथ पद छाड्ने बताए। ‘जुन दिन मैले कम गर्न सकिन् भन्ने महसुस हुन्छ त्यही दिन म पद छाड्छु’, उनले भने।

पत्रकारसँग कुरा गर्दै नेता भट्टराईले नेपाललाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तब्य बनाउन आफू लागि पर्ने बताए।

 मन्त्रीहरुसँग प्रधानमन्त्रीले करार सम्झौता गरेपछि मन्त्री नियुक्त भएका भट्टराईले प्रधानमन्त्रीसँग करार सम्झौता गरेर उहाँकै निर्देशनमा अगाडि बढ्ने बताए। मन्त्री नियुक्त भएसँगै आफूले पाएको बधाईलाई चुनौतीका रुपमा लिएको बताउँदै चुनौतीलाई सामना गरेर अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे।

yogesh perisadanda

केही दिनभित्रै आफूले प्रतिवद्धतापत्र तयार गरेर अगाडि बढ्ने उनको भनाई थियो। ‘केही दिनभित्रै मन्त्रालयका कामकारबाहीको बारेमा, त्यहाँका विवादास्पद कतिपय विषयहरुको बारेमा र हामीले लिनुपर्ने निर्णयबारे आम जनतालाई जानकारी गराउँछु’, उनले भने।

बल्खुपछि मन्त्री भट्टराई बिहानै पेरिसडाँडास्थित पूर्व माओवादीको कार्यालयमा पुगेर सहिदहरुको शालिकमा माल्यापर्ण गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .