ad ad

कारोबार


एनआईसी एशिया बैंक र ‘सेल पे’बीच सम्झौता

एनआईसी एशिया बैंक र ‘सेल पे’बीच सम्झौता

नेपालखबर
साउन १६, २०७६ बिहिबार ५:१२,

एनआईसी एशिया बैंकले डिजिटल फाइनान्सियल पार्टनरहरुसँगको सहकार्यलाई अघि बढाउँदै मंगलबारबाट सञ्चालनमा आएको ‘सेल पे’ सर्भिसमा ग्राहकहरुले पूर्णरुपमा सुविधा उपभोग गर्न पाउने गरी सेल पेसँग सम्झौता गरेको छ।

सेल पे इलेक्ट्रोनिक पेमेन्ट गेटवे हो जहाँ मोबाइल र वेभ एप्लिकेसनको माध्यमबाट बैंकका ग्राहकहरुले आफ्नो खाता प्रयोग गरी विभिन्न कम्पनीहरुका बिलहरु जस्तै बिजुली, खानेपानी, इन्टरनेट, टिभी साथै स्कुल, रेष्टुरेन्टको बिल भुक्तानी गर्न, अन्तरबैंक फण्ड ट्रान्सफर आदिको सुविधा प्राप्त गर्न सकिन्छ। सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सेल पेको तर्फबाट प्रबन्धनिर्देशक पवन प्रधानले हस्ताक्षर गरेको बैंकले जनाएको छ।

सम्झौतासँगै सेल पेमा ग्राहकहरुले एनआईसी बैंक एकाउन्ट लिंक गरेमा वेलकम बोनसको रुपमा सय रुपैयाँबराबरको मोबाइल टपअप प्राप्त गर्न सक्नेछन्। लिंक गरेको खाताबाट भुक्तानी गर्दा कुनै शुल्क नलाग्ने पनि बैंकले जनाएको छ। यसका साथै विभिन्न बिल भुक्तानी गर्दा थप क्यास ब्याक अफर पनि यो सुविधामा उपलब्ध रहेको छ। सेल पे सर्भिस प्रयोगसँगै ग्राहकहरुले छिटो छरितो रुपमा सेवा सुविधा उपयोग गर्न सक्छन्। यसबाट ग्राहकहरुको डिजिटल बैंकिङ्गको प्रयोगतर्फ आकर्षण र सक्रियता बढाउने विश्वास बैंकले लिएको छ ।

१७ लाखभन्दा बढी ग्राहक रहेको बैंकको मुलुकभर २९५ शाखा कार्यालयहरु, ३१९ एटीएम, ५३ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा उपलब्ध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .