शान्ति स्थापनार्थ लेबनानमा तैनाथ नेपाली सेनाको टोली अदली बदली सुरु भएको छ।
संयुक्त राष्ट्र संघ मिशनमा तैनाथ श्री शिवदल गण (शान्ति सेना) ६१औं डफ्फालाई बदली गर्नको लागि प्रमुख सेनानी राजिव थापाको कमाण्डमा श्री बर्द बहादुर गण (शान्ति सेना) ६२औँ डफ्फाको २१४ जना नेपाली शान्ति सैनिक मिशन ईलाकातर्फ प्रस्थान गरेका छन्।
सोही मिशनबाट आफ्नो कार्यकाल समाप्ति पश्चात सेनानी विशाल बहादुर शाहको कमाण्डमा २१४ जना शान्ति सैनिकहरुको टोली आज नेपाल आईपुगेको छ।
अदली बदली जम्मा ४ चरणमा सम्पन्न हुने र अन्तिम टोली २०७७ माघ १६ गते नेपाल फिर्ता हुने योजना रहेको छ नेपाली सेनाले जनाएको छ।
प्रतिक्रिया