८२ नयाँ संक्रमित थपिँदा यहाँ एक ४९ वर्षका पुरुषको कोरोनाको कारण मृत्यु भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
आज थपिएका संक्रमितमध्ये ३७ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्न नसकिएको पनि बताइएको छ।
कन्ट्याक्ट ट्रेसिङ गर्न नसकिएका संक्रमितहरु दैनिक रुपमा बढ्न थालेपछि हङकङमा कोरोना संक्रमित तीव्र गतिमा बढ्ने विज्ञहरुले चेतावनी दिएका छन्।
यससँगै हङकङमा कोरोना संक्रमतिको संख्या ७ हजार ६२३ पुगेको छ। यहाँ कोरोनाका कारण ११८ को मृत्यु भइसकेको छ।
गत शनिबार हङकङकी कार्यकारी प्रमुख क्यारी लामले यहाँका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप निशुल्क प्रदान गरिने बताएकी थिइन्।
तर आइतबार नै हङकङका अर्थमन्त्रीले खोप कार्यक्रम ढिला संचालन हुनसक्ने बताउँदै सन् २०२१ भर हङकङबासीले सतर्क हुनुपर्ने र कोरोनाविरुद्धको नियम पालना गर्नुपर्ने बताएका थिए।
303
Shares
प्रतिक्रिया