ad ad

राजनीति


लेबनानमा शान्ति मिसनमा खटिएकाे टोली फेरियो

लेबनानमा शान्ति मिसनमा खटिएकाे टोली फेरियो

नेपालखबर
मंसिर २९, २०७७ सोमबार ११:३६,

शान्ति स्थापनार्थ लेबनानमा संयुक्त राष्ट्र संघ (युनिफिल) मिसनमा तैनाथ नेपाली सेनाको टोली अदली बदली भएको छ।

त्यहाँ तैनाथ शिवदल गणको ६१औं डफ्फालाई दली गर्न आइतबार ६२औं डफ्फाको २१४ जना नेपाली शान्ति सैनिक, मिसन इलाकातर्फ प्रस्थान गरेका छन्।

नेपाली सेनाका अनुसार प्रमुख सेनानी राजिव थापाको कमाण्डमा बर्दबहादुर गणको सो डफ्फा त्यसतर्फ गएको हो।

‘सोही मिसनबाट कार्यकाल समाप्तीपछि सेनानी विशाल बहादुर शाहको कमाण्डमा २१४ जना शान्ति सैनिकहरुको टोली सोमबार नेपाल आइपुगेको छ,’ नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

अदली बदली जम्मा चार चरणमा सम्पन्न हुने र अन्तिम टोली माघ १६ गते नेपाल फिर्ता हुने योजना रहेको सेनाले जनाएको छ। 

Nepali peacekeepers 1 NA

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .