राजनीति


कांग्रेसको देशव्यापी विरोध प्रदर्शन सुरु, नेताहरु पुगे सभामा

कांग्रेसको देशव्यापी विरोध प्रदर्शन सुरु, नेताहरु पुगे सभामा

नेपालखबर
मंसिर २९, २०७७ सोमबार ८:१०,

नेपाली कांग्रेसले सरकारविरुद्ध आह्वान गरेको देशव्यापी प्रदर्शन सुरु भएको छ।

काठमाडौंसहित देशका सबै ७७ जिल्लामा एकैपटक विरोध प्रदर्शन सुरु भएको हो।

विरोध प्रदर्शनमा सम्बोधन गर्न पार्टीका शीर्ष तथा अन्य नेताहरु बिभिन्न जिल्ला पुगिसकेका छन्।

सोहि क्रममा पार्टी सभापति शेरबहादुर देउवाले हेटौंडाको विरोध प्रदर्शनलाई सम्बोधन गर्दैछन्। उनी त्यसका लागि हेटौंडाका आयोजित सभामा पुगिसकेका छन्।

काठमाडौंमा भएको विरोध प्रदर्शनलाई कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केहीबेरमा सम्बोधन गर्दैछन्।

काठमाडौंमा विभिन्न स्थानबाट निस्केको जुलुश शान्तिबाटिकामा पुग्दैछ। त्यसका कारण काठमाडौंका बिभिन्न ठाउँमा सवारी आवागमन अस्तव्यस्त बनेको छ।

यस्तै कांग्रेसका चर्चित युवा नेता गगन थापा कैलालीको धनगढीमा, प्रदीप पौडेल कञ्चनपुरको महेन्द्रनगर, अछाममा एनपी साउद लगायत नेताहरुले विरोध सभामा सम्बोधन गर्दैछन्।

कांग्रेसले आज गर्ने सरकार विरुद्धको प्रदर्शनमा देशभर गरी १० लाख नागरिकलाई सडकमा उतार्ने दाबी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .