ad ad

राजनीति


भाजपा अध्यक्ष र भारतका १० मन्त्रीलाई कोरोना संक्रमण

भाजपा अध्यक्ष र भारतका १० मन्त्रीलाई कोरोना संक्रमण

नेपालखबर
मंसिर २८, २०७७ आइतबार २३:२४,

भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डा र भारतका १० केन्द्रीय मन्त्रीलाई कोरोना संक्रमण भएको छ।

अध्यक्ष नड्डालाई ३ दिनअघि पश्चिम बंगालकाे भ्रमणबाट फर्किएलगत्तै कोरोना पुष्टि भएको हो। अहिले उनी सबै कार्यक्रम स्थगन गरेर होम आइसोलेसनमा बसेका छन्। 

त्यस्तै भारतीय गृहमन्त्री अमित साहलगायत १० केन्द्रीय मन्त्री पनि कोरोना संक्रमित भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार गृहमन्त्री शाह, ग्रामीण विकास राज्यमन्त्री साध्वी निरञ्जन, रसायन एवम् उर्वरक मन्त्री सदानन्द गौडा, परिवहन मन्त्री नितिन गडकरी, पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधान, सामाजिक न्याय एवम् अधिकारिकता राज्यमन्त्री रामदास आठवालेलाई कोरोना पुष्टि भएकाे हाे। 

यस्तै मन्त्री प्रल्हाद जोशी, रेल राज्यमन्त्री सुरेश अंगडी (जसकाे उपचारका क्रममा निधन मृत्यु भइसकाे छ), महिला एवम् बालविकास मन्त्री स्मृति इरानी, भारी उद्योग राज्यमन्त्री अर्जुन मेघवाललाई पनि कोरोना संक्रमण भएकाे हाे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .