प्रविधि


चन्द्रमाको ढुंगा बोकेको चिनियाँ अन्तरिक्ष यान पृथ्वी फर्किन थाल्यो

चन्द्रमाको ढुंगा बोकेको चिनियाँ अन्तरिक्ष यान पृथ्वी फर्किन थाल्यो

नेपालखबर
मंसिर २८, २०७७ आइतबार १८:४०,

चिनियाँ संचारमाध्यम सिन्ह्वाले आइतबार दिएको जानकारी अनुसार चिनियाँ चन्द्रयान पृथ्वी फर्किन थालेको छ।

चन्द्रयान पृथ्वी फर्किन थालेपछि चन्द्रमाबाट ढुंगा र माटोको नमुना संकलन गर्ने चीनको महत्वाकांक्षी योजना सफलतातर्फ उन्मुख भएको छ।

चन्द्रमाबाट नमुना संकलन गरेर ल्याएको चिनियाँ यान मंगोलियामा अवतरण गर्ने बताइएको छ।

Chang'e-5 probe unfolds Chinese national flag, takes off from moon with  lunar surface samples - Global Timesचिनियाँ यानले यसपटक पठाएको चन्द्रमाको पहिलो तस्बिर

यदी चिनियाँ यान सफलतापूर्वक पृथ्वीमा अवतरण गरे चीन अमेरिका र तत्कालिन सोभियन युनियनपछि चन्द्रमाबाट त्यस्तो नमुना संकलन गर्ने तेस्रो मुलुक हुनेछ।

चीनले आफ्नो चाङ’ए ५ यान गत नोभेम्बर २४ मा चन्द्रमामा पठाएको थियो। डिसेम्बर १ मा चिनियाँ चन्द्रयानको मुन ल्यान्डरले चन्द्रमाको सतहमा पाइला टेकेको थियो।

यस क्रममा चीन चन्द्रमामा झण्डा फहराउने अमेरिकापछि दोस्रो मुलुक बनेको छ।

Chang'e -5 displays China's national flag on moon - CGTNचन्द्रमामा चीनको झण्डा

सूर्यको विकिरणबाट जोगाउन आवश्यक चुम्बकीय क्षेत्र क्षीण हुँदा पनि चन्द्रमा कसरी ज्वालामुखीय रूपमा सक्रिय भयो भनेर बुझ्न चाङ’ए–५ अर्थात् यसपटकको अभियानले सघाउने अपेक्षा विज्ञहरूको छ।

चीन सन् २०१३ मा पहिलो पटक चन्द्रमामा पुगेको थियो र उसले एक दशकभित्र मङ्गल ग्रहबाट पनि नमुना सङ्कलन गर्ने योजना बनाएको छ। एजेन्सी

यो पनिः चीनको ऐतिहासिक चाङ’ए ५ चन्द्र अभियान पछाडिका तीन महिला

अन्तरिक्ष यानकी ‘रकेट कनेक्टर’ स् चीनकी ‘स्वर्गकी परी’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .