ad ad

राजनीति


चिनियाँ साइबर आक्रमणलाई चुनौती दिन ताइवानले अमेरिकाबाट खरिद गर्दै नयाँ संचार प्रणाली

चिनियाँ साइबर आक्रमणलाई चुनौती दिन ताइवानले अमेरिकाबाट खरिद गर्दै नयाँ संचार प्रणाली

नेपालखबर
मंसिर २८, २०७७ आइतबार १२:३३,

ताइवान आफ्नो भूमी भएको दाबी गर्ने चीनसँग अहिले अमेरिकाको व्यापार, प्रविधि, दक्षिण चीन सागर लगायत विभिन्न विषयमा टकराब जारी छ।

यस्तो समयमा अमेरिकाले ताइवानमा गतिविधिहरु बढाउन थालेपछि चीन अमेरिकासँग क्रुद्ध छ। अमेरिकाको साथ पाएको ताइवानले पनि आफू स्वतन्त्र राष्ट्र भएको बताएपछि चीन थप चिढिएको छ।

अमेरिकाले ताइवानमा गतिविधि बढाएर आन्तरिक मामिलामा हस्तक्षेपकारी भूमिका खेलेको चीनको भनाइ छ। चीनले ताइवानलाई आक्रमण गरेरै कब्जा गर्ने चेतावनी दिएको छ।

यसबीचमा ताइवानले चिनियाँ साइबर आक्रमणलाई चुनौती दिन अमेरिकाबाट नयाँ संचार प्रणाली खरिद गर्ने भएको छ।

अमेरिकाले ताइवानलाई मिलिट्री फिल्ड इन्फरमेसन कम्युनिकेसन सिस्टम बेच्ने विषयमा सहमति जनाएको हो।

ताइवानले अमेरिकाबाट २८ करोड अमेरिकी डलरमा नयाँ संचार प्रणाली खरिद गर्न लागेको अमेकिरु राज्य विभागले जनाएको छ।

यस संचार प्रणालीले ताइवानका सेनालाई भरपर्दो रक्षात्मक क्षमता प्रदान गर्नेछ। मुख्यतः चिनियाँ साइबर आक्रमणमा यो उपयोगी हुनेछ।

अमेरिकी रक्षा सुरक्षा सहायता एजेन्सीका अनुसार अमेरिकाले ताइवानलाई नयाँ सम्झौताअनुसार १५४ टेलिकम्युनिकेसन नेटवर्क ‘नोड्स’, २४ संचार रिले ‘तारविहिन संचार सेवा’, आठ नेटवर्क व्यवस्थापन प्रणाली बेच्न लागेको हो।

ताइवानले यी सैन्य संचारसँग सम्बन्धित उपकरणहरु खरिद गरेपछि अमेरिकाबाट व्यक्तिगत तथा प्राविधिक सहायता पनि प्रदान हुनेछ।

अमेरिकाका अनुसार नयाँ सैन्य संचारको माध्यमले ताइवानलाई आफ्नो भूमि रक्षा गर्नुका साथै राजनीतिक स्थिरता, सैन्य सन्तुलन तथा आर्थिक प्रगतिहरु गर्न मद्दत पुर्याउनेछ।

Indigenous Defence Fighter jets belonging to Taiwan’s air force are parked inside a hangar during the visit of President Tsai Ing-Wen in September. Photo: EPA-EFE

गत अक्टोबरमा मात्र ताइवानले अमेरिकाबाट १ दशमलब ८ अर्ब अमेरिकी डलरमा हतियार किन्ने सम्झौता भएको थियो। त्यसबेला चीनले ताइवान र अमेरिकाविरुद्ध आवश्यक कारवाही गर्ने चेतावनी दिएको थियो।

त्यसबेला ताइवाले अमेरिकाबाट १३५ क्रुज क्षेप्यास्त्र किन्ने तय भएको बताएको थियो। ताइवानले अमेरिकी हतियारले आफ्नो सैन्य क्षमता मजबुत हुने बताउँदै आएको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले केही महिना अगाडि मात्र ताइवानलाई एक्लाउन चाहनेबाट खतरा उत्पन्न भएकाले आफ्ना सेनलाई युद्धको तयारी थाल्न निर्देशन दिएका थिए।

ताइवान र अमेरिकाबीचको पछिल्लो सहमतीले चीन थप आक्रमक बन्ने अनुमान गरिएको छ। एससीएमपी

यो पनिः यस शक्तिशाली राडार प्रणालीले चिनियाँ खतराबाट ताइवान र अमेरिकालाई जोगाउने अपेक्षा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .