राजनीति


विप्लवका गतिविधि र तस्करी नियन्त्रणमा केन्द्रित हुन सुरक्षा प्रमुखहरुको निर्देशन

विप्लवका गतिविधि र तस्करी नियन्त्रणमा केन्द्रित हुन सुरक्षा प्रमुखहरुको निर्देशन

नेपालखबर
मंसिर २८, २०७७ आइतबार ९:५२,

तीन सुरक्षा निकायका प्रमुखले तराईमा अब विप्लव समूहका गतिविधिसँगै तस्करी नियन्त्रणमा केन्द्रित हुन निर्देशन दिएका छन्।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले गौरमा सुरक्षा अधिकारीहरुलाई संयुक्तरुपमा निर्देशन दिँदै अहिले तराईको मुख्य चुनौती प्रतिवन्धित नेकपा विप्लव समूह र तस्करी भएको बताए।

तीनै सुरक्षा निकायका प्रदेश प्रमुखसँगै बारा, पर्सा, सर्लाही, रौतहटका प्रमुख जिल्ला अधिकारी र प्रहरी अधिकारीहरुलाई यस्तो निर्देशन दिएका हुन्।

‘२ नम्बर प्रदेशमा तस्करी धेरै भइरहेको छ, तपाईंहरु कठोर भएर कारबाहीमा उत्रिनुहोस्। विप्लव समूहका गतिविधि फेरि बढ्न थालेका छन् त्यस्ता गतिविधि पूर्णरुपमा नियन्त्रणमा लाग्नुहोस्’, प्रहरी महानिरीक्षक थापाको निर्देशन उदृत गर्दै एक सुरक्षा अधिकारीले जानकारी दिए।

यस्तै लैंगिक हिंसाका घटनामा शून्य सहशीलता अपनाउन र मिलापत्र नगराउन पनि सुरक्षा प्रमुखहरुको निर्देशन छ।

आन्तरिक निर्देशनपछि सुरक्षा प्रमुखहरु जिल्ला प्रशासन कार्यालय रौतहटको भवन उद्घाटनमा सहभागी भएका छन्। गृहसचिव महेश्वर न्यौपानेले गौरमा निर्माण गरिएको भवन उद्घाटन गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad