खेल


ओलम्पिक कमिटीका अध्यक्ष र महासचिव ओमान प्रस्थान

ओलम्पिक कमिटीका अध्यक्ष र महासचिव ओमान प्रस्थान

नेपालखबर
मंसिर २८, २०७७ आइतबार १०:१८,

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठ ओमानको मस्कट प्रस्थान गरेका छन्। एसियाली ओलम्पिक कमिटी (ओसीए) को ३९ औं साधारण सभामा भाग लिन श्रेष्ठद्वय आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

साधारण सभाका क्रममा सन् २०३० को एसियाली खेलकुदको आयोजना सहरको चयनका लागि मतदान हुनेछ। उनीहरूले त्यस मतदानमा भाग लिनेछन्।

साउदी अरेबियाको रियाद र कतारको दोहाबीच २१ औं एसियाली खेलकुद आयोजनाका लागि प्रतिस्पर्धा भइरहेको छ। मतदान अगाडि नेपाली टोलीले साउदी ओलम्पिक कमिटीका अध्यक्ष अब्दुलाजिज बिन टुर्कि अल फैजल अब साउद तथा कतार ओलम्पिक कमिटीका अध्यक्ष सेख तमिम बिन हमाद अल थानीसँग परस्पर सहयोगको सम्भावनालाई लिएर छुट्टा छुट्टै वार्ता पनि गर्नेछन्।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाखको पनि सहभागिता रहने साधारण सभामा साउदी र कतारी ओलम्पिक कमिटीले सन् २०३० को एसियाली खेलकुद आयोजनाको दाबीबारे आफ्नो प्रस्तुती दिनेछन्। त्यसमा ओसीसीको मूल्यांकन कमिटीले प्रतिवेदन पेस गर्नेछ। त्यसपछि चुनाव हुनेछ र लगतै त्यसमा विजयी सहरसँग प्रतियोगिताको आयोजनालाई लिएर सम्झौता हुनेछ। 

साधारण सभाका अवसरमा सान्यमा हुने छैटौं बिच एसियाली खेलकुद, थाइल्यान्डमा हुने छैटौं एसियाली इन्डोर तथा मार्सल आर्टस खेलकुद, सान्तोउमा हुने तेस्रो एसियाली युवा खेलकुद र हाङझोउमा हुने १९ औं एसियाली खेलकुदबारे पनि छलफल हुनेछ।

यसै ओसीए अन्तर्गतका विभिन्न कमिटीका प्रतिवेदन पनि साधारण सभाका क्रममा पेस गरिनेछ। कार्यक्रमले अब हुने साधारण सभाको मिति र स्थानबारे पनि निर्णय गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad