राजनीति


कर्मचारीलाई उप प्रधानमन्त्रीको निर्देशनः परिवर्तनलाई आत्मसात गर्नुहोस्

कर्मचारीलाई उप प्रधानमन्त्रीको निर्देशनः परिवर्तनलाई आत्मसात गर्नुहोस्

नेपालखबर
साउन १५, २०७६ बुधबार १३:५,

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित हुन सम्बन्धित सबै पक्षलाई आह्वान गरेका छन्।

उपप्रधानमन्त्री पोखरेलले मुलुकलाई समृद्ध बनाउन उत्पादन वृद्धि हुनेगरी गुणस्तरीय सेवा प्रदान गर्न कर्मचारीहरुलाई पनि सचेत गराए। नेपाल निजामती कर्मचारी संगठनले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक विकासका लागि उत्पादनमा जोड दिनुपर्ने भएकाले त्यसमा केन्द्रित हुने गरी आफ्ना गतिविधि अघि बढाउन पनि कर्मचारीलाई अग्रसर हुन आग्रह गरे।

बदलिँदो परिवेश अनुसार अघि बढेर मुलुकमा गुणस्तरीय सेवा प्रदान गर्न कर्मचारीहरु लागि पर्नुपर्ने उपप्रधानमन्त्री पोखरेलको भनाई छ।

उपप्रधानमन्त्री पोखरेलले नेपालको राजनीतिक परिवर्तनको आन्दोलनमा कर्मचारीहरुले खेलेको भूमिका उल्लेखनीय रहेको पनि स्मरण गराए। उनले अव कर्मचारीहरुले परिवर्तित सन्दर्भ अनुसार अघि बढ्न सक्नुपर्ने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad