समाज


टर्कीका ख्यातीप्राप्त लेखक फती एर्दोआनका बालकथाहरु अब नेपालीमा

टर्कीका ख्यातीप्राप्त लेखक फती एर्दोआनका बालकथाहरु अब नेपालीमा

नेपालखबर
मंसिर २५, २०७७ बिहिबार १४:३१,

बालबालिका सम्बन्धी किताब प्रकाशन गर्ने कथालयबाट ‘सुपरमुले कसरी पृथ्वीलाई बचाइन्?’ शीर्षकको बालकथा प्रकाशित भएको छ।

सुपरमु नयाँ कुरा सिक्न चाहने पढेलेखेकी गाई हुन्। एक दिन उनले अचम्मको समाचार पढ्छिन्– चाँडै नै एउटा ठूलो उल्का पृथ्वीको नजिकबाट जाँदैछ।

उनलाई यो कुरा पढेर अब के हुने हो भन्ने चिन्ता लाग्छ। त्यो उल्काले पृथ्वीलाई ठक्कर दिन लागेको थाहा पाएपछि उनको चिन्ता झनै बढ्छ।

तर सुपरमु सजिलै हार मान्ने गाई हैनन्। उनले इन्टरनेटबाट साथीहरुसँग यो समस्याबारे छलफल गर्छिन्। उनीहरु सबै मिलेर एउटा उपाय निकाल्छन्।

त्यो उपाय के होला? सुपरमुले र उनका साथीहरुले पृथ्वीलाई कसरी बचाए होलान्?

पाठकमा यस्तै प्रश्न र जिज्ञासा जगाउने रमाइलो कथाका चित्रहरू पनि आकर्षक छन्। यसले कथालाई अझै रोचक बनाएको छ। लेखक फती एर्दोआनले नै बनाएका चित्र हेरेर मात्रै पनि बालबालिकाले कथाबारे धेरै कुरा थाहा पाउन सक्छन्। किताब आठ–नौ वर्षका बालबालिका लक्षित छ।

त्यस्तै ‘म ढिलो भए’ पुस्तकबालबालिकाका लागि लेखिएको उनको अत्यन्तै चर्चित बाल पुस्तक शृंखलाहो। हालसम्म यो शृंखलाको १० लाख प्रति बिक्री भइसकेको छ। यो किताब अंग्रेजी, चाइनिज, बोस्नियन, अजरबैजानी, अरबिक, मलयामी आदि भाषामा प्रकाशित भइसकेको छ।

म्याभीबुलुत किताबको मूल प्रकाशक हो। टर्कीमा १९८० मा स्थापना भएको माभीबुलुत बालबालिका केन्द्रित किताब निकाल्ने पहिलो बालसाहीत्य प्रकाशन गृह हो। यसको स्थापना लेखक फतीहएर्दोआनले गरेका हुन्।

बालसाहित्यमा करिब ७० वटा किताब लेखिसकेका उनको १० लाखभन्दा बढी किताब बिक्री भइसकेका छन्। उनका प्रायः किताबमा उनले बनाएका चित्रहरु प्रयोग भएका छन्।
सन् १९८० मा उनले लेखेको पहिलो किताब ‘पान एन्ड हिज फ्लावर’ ले बेस्ट पिक्चर बुक अवार्ड पाउन सफल भएको थियो। त्यसयता हरेक वर्षजस्तै उनी उत्कृष्ट लेखक वा बालसाहित्यको सूचीमा पर्दै आएका छन्।

टर्कीका उत्कृष्ट किताब र लेखकको सूचीमा पटक पटक पर्दै आएका उनले कयौं राष्टिय पुरस्कार जितेका छन्।

उनी बाल साहित्यकै विश्व प्रतिष्ठित एस्ट्रिड लिन्डग्रेन मेमोरियल अवार्ड -एलएमए अवार्डका लागि २०१६ देखि २०१९ सम्म लगातार मनोनित भएका थिए।

मेसिडोनियन र नेपाली भाषामा प्रकाशित ‘सुपरमुले कसरी पृथ्वीलाई बचाइन् ?’ ८ हजारप्रति बिक्री भइसकेको छ। एर्दोआनको कथालाई नेपालीमा भिक्टर प्रधानले अनुवाद गरेका छन्।

३४ पृष्ठको यो किताबको मूल्य २५० रुपैयाँ तोकिएको छ भने म ढिलो भए किताब २० पृष्ठको यो किताबको मूल्य १५० रुपैयाँ तोकिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad