ad ad

राजनीति


प्रधानमन्त्रीलाई भट्टराईको प्रस्ताव : भ्रष्टाचार नियन्त्रणमा इमान्दार हो भने सबै काण्डको निष्पक्ष छानबिन गरौँ

प्रधानमन्त्रीलाई भट्टराईको प्रस्ताव : भ्रष्टाचार नियन्त्रणमा इमान्दार हो भने सबै काण्डको निष्पक्ष छानबिन गरौँ

नेपालखबर
मंसिर २५, २०७७ बिहिबार ५:२८,

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा इमान्दार नभएको आरोप लगाएका छन्।

पूर्व प्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै प्रधानमन्त्री ओलीले भन्दै आएको ‘म भ्रष्टाचार गर्दिनॅ अरूलाई पनि गर्न दिन्न’ भन्ने कथनलाई लोक कथासँग तुलना गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्रष्टाचार गर्दिनॅ, अरूलाई पनि गर्न दिन्न’भन्दा सबैले सुनेको कथामा बालकले पुलिसलाई– ‘हाम्रा बाउ घ्याम्पामा लुकेका छैनन्’ भनेजस्तो सुनिदो रैछ’, उनले सामाजिक सञ्जाल ट्विटरमा भनेका छन्।

डा. भट्टराईले प्रधानमन्त्री भ्रष्टाचार नियन्त्रणमा साच्चै इमान्दर हो भने यती, ओम्नी सेक्युरिटी प्रिन्टिङ, वाइडबडी लगायतका काण्डको निष्पक्ष रुपमा छानविन गर्न प्रस्ताव गरेका छन्।

‘साच्चै इमान्दार हो भने आजै यति, ओम्नी, सेक्युरिटी प्रिन्टिङ, वाइडबडी, बुढीगण्डकी लगायत सबै काण्डको निष्पक्ष छानवीन गरौं न त!’, प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बुधबार शुभकामना सन्देश दिँदै गरेको भिडियो ट्विटरमा सेयर गर्दै डा. भट्टराइले लेखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .