भारतमा जारी किसानको आन्दोलन झन् चर्किने भएको छ।
सरकारले पठाएको लिखित प्रस्तावप्रति असहमति जनाउँदै किसान नेताले थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार साँझ पत्रकार सम्मेलन गर्दै किसान नेताले जबसम्म मोदी सरकारले ल्याएका कृषिसम्बन्धी तीन कानुन फिर्ता गर्दैन तबसम्म आन्दोलन जारी रहने चेतावनी दिएका हुन्।
पत्रकार किसान नेताले बताएअनुसार आउने १२ तारिख दिल्ली–जयपुर राजमार्ग, दिल्ली आगरा एक्सप्रेसवे बन्द गरिनेछ। यसैगरी भारतीय जनता पार्टीबाट बनेका जति पनि मन्त्री छन्, ती सबैलाई घेराउ र बहिष्कार गरिनेछ।
डिसेम्बर १४ तारिखका दि पन्जाब, हरियाणा, यूपी, राजस्थान र मध्य प्रदेशमा धर्ना दिइने किसानले बताएका छन्।
3
Shares

प्रतिक्रिया