ad ad

राजनीति


एआईजी दरबन्दी थप गर्ने निर्णय स्थगन गर्न राज्य व्यवस्था समितिको निर्देशन

एआईजी दरबन्दी थप गर्ने निर्णय स्थगन गर्न राज्य व्यवस्था समितिको निर्देशन

नेपालखबर
मंसिर २४, २०७७ बुधबार १०:३६,

संसदको राज्य व्यवस्था समितिले नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि एक दरबन्दी थप गर्ने सरकारको निर्णय स्थगन गर्न निर्देशन दिएको छ।

समितिको बुधबार बसेको बैठकले सो निर्णय गरेको हो।

नेपाल प्रहरीको समग्र संगठनको ओएन्डएम गरेर थप गर्नुपर्ने आवश्यक भए समग्रतामै गर्नुपर्ने र एउटा दरबन्दी मात्र गर्न नगर्न समितिले सरकारलाई निर्देशन दिएको छ।

‘कुनै पनि दरबन्दी थप गर्दा आवश्यकता र औचित्य पुष्टि हुनेगरी मात्र गर्नुपर्छ,’ समिति सभापति शशि श्रेष्ठले बैठकको निर्णय सुनाउँदै भनिन्, ‘बिधि पद्दतिअनुसार गरिने निर्णयले मात्र समग्र प्रहरी संगठनको मनोबल उच्च हुनेहुँदा अहिलेको निर्णय स्थगन गर्न समितिले सरकारले निर्देशन दिन्छ।’

गृहमन्त्री समेत उपस्थित रहेको सो बैठकमा सभापति श्रेष्ठले एआईजी दरबन्दी थप गर्ने मन्त्रिपरिषद्को निर्णयका लागि गृह मन्त्रालयबाट प्रस्ताव समेत नगएको भन्दै त्यसलाई कार्यान्वयन नगर्न निर्देशक दिएको बताइन्।

गृहमन्त्री थापाले समितिको सो निर्णय सम्बन्धित ठाउँमा पुर्‍याउने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .