ad ad

ग्लोबल


नेपालका सन्तोष शाह ‘मास्टरसेफ यूके’को टप आठमा पुग्न सफल

नेपालका सन्तोष शाह ‘मास्टरसेफ यूके’को टप आठमा पुग्न सफल

नेपालखबर
मंसिर २४, २०७७ बुधबार ८:५२,

‘बीबीसी वान’ च्यानलमा प्रसारण भइरहेको यस कार्यक्रमको सेफिमाइनलबाट अघिल्लो राउन्डमा उनी प्रवेश गरेका हुन्।

नेपाली खानालाई संसारभर चिनाउने लक्ष्यका साथ उनी यस प्रतियोगितामा सहभागी भएको बताउँछन्।

सेमिफाइनल राउन्डमा सन्तोषले नेपालको हिमाली भेगमा प्रचलित शाकाहारी खाना भुटेको काँक्रोको बियाँ, बन तरुल, कटहरको भुटेको बियां, प्याजको अचार, स्याउको चट्नीजस्ता परिकार पकाएका थिए। जसलाई निर्णायकले निकै मन पराए।

अब ८ जना मास्टरसेफ प्रतियोगीबीच अर्को एक चरणको प्रतिस्पर्धा गराएर फाइनल राउन्डका लागि ६ जना छनोट गरिनेछ बताइएको छ।

उक्त इपिसोड यसैहप्ताको बिहीबार प्रसारण हुनेछ भने प्रतियोगिताको फाइनल १७ तारिखमा हुनेछ।

बीबीसीसँग दिएको अन्तर्वार्तामा सन्तोषले प्रतियोगिता मात्रै जित्ने चाहना भएको भए आफूले भारतीय खाना प्रस्तुत गर्ने बताउँछन्। तर आफ्नो चाहना नेपाली खाना विश्वमा चिनाउने लक्ष्य भएकाले यहाँ नेपाली खानालाई जोड दिइरहेको उनको भनाइ छ।

नेपाली खानालाई नेपालीले नै ‘अविश्वास र हेलाँ’ गरेको उनको गुनासो छ।

नेपाली खानाले संसारभरि तहल्का मच्चाउनसक्ने सम्भावना आफूले देखेको उनको भनाइ छ।

नेपाली खानाहरु प्रस्तुत गरेपछि मास्टरसेफका निर्णायकहरुले आफूले कहिल्यै यस्ता खाना नखाएको भन्दै सन्तोषको प्रशंसा गर्ने गरेका छन्।

(सन्तोषबारे बनाइएको भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .