पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्र, संघीयता र धर्म निरपेक्षतालाई विदेशीको एजेन्डा भन्नेहरुलाई बकवास नगर्न चेतावनी दिएका छन्।
बुधबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै डा. भट्टराईले परिवर्तनका एजेन्डालाई विदेशीको भन्नेलाई सुझाव दिँदै वकसाव नगर्न चेतावनी दिएका हुन्।
उनले त्यस्ता तत्वहरुलाई विज्ञान, प्रविधि र विदेशी भाषा नपढी गुरुकूल मात्रै जान, अस्पताल नगई धामीझाँक्री लगाउन, गाडी नचढी पैदल हिँड्न सुझाब दिएका हुन्।
उनले विदेशी मेसिनले सिएका लुगा नलगाई लंगौटीमात्र लगाएर हिँड्न, फोन, इन्टरनेट र टिभीको समेत प्रयोग नगर्न सुक्राब दिएका छन्।
‘गणतन्त्र/संघीयता/धर्मनिरपेक्षता इ. ळाई ‘विदेशी एजेन्डा’ भन्नेहरूलाई सुझाव : १. विज्ञान/प्रविधि /विदेशी भाषा नपढ, गुरूकुल मात्र जाऊ : २. अस्पताल नजाऊ, धामीझाँक्री लगाऊ : ३. गाडी नचढ,पैदल मात्र हिंड : ४ विदेशी/मेसिनले सिएका लुगा नलाऊ, लंगौटी लगाएर हिंडः ५. फोन/इन्टरनेट/टीभी प्रयोग नगर! नत्र बकवास नगर !’, डा. भट्टराइले भनेका छन्।
गणतन्त्र/संघीयता/धर्मनिरपेक्षता इ. ळाई ‘विदेशी एजेण्डा’भन्नेहरूलाई सुझाव:१.विज्ञान/प्रविधि/विदेशी भाषा नपढ;गुरूकुल मात्र जाऊ;२.अस्पताल नजाऊ,धामीझांक्री लगाऊ;३.गाडी नचढ,पैदल मात्र हिंड; ४ विदेशी/मशिनले सिएका लुगा नलाऊ,लगौंटी लगाएर हिंड;५.फोन/इन्टरनेट/टीभी प्रयोग नगर!नत्र वकवास नगर!
— Baburam Bhattarai (@brb1954) December 9, 2020राप्रपा, राष्ट्रिय जनमोर्चा लगायतका दलहरुले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता लगायतका एजेन्डा नेपाली जनताका नभई विदेशीका भएको आरोप लगाउँदै आएका छन्।

प्रतिक्रिया