समाज


ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

नेपालखबर
मंसिर २४, २०७७ बुधबार ५:५२,

पूर्व–पश्चिम राजमार्गको खैरहनी नगरपालिका–९ मा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा खैरहनी नगरपालिका–६ का २२ वर्षीय अब्जल देवान रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरीका अनुसार बुधबार बिहान ६ः३० बजे लोथरबाट नारायणगढतर्फ आउँदै गरेको लु१ख ६५८१ नंको तेल बोकेको ट्यांकरले ना४१प ९८६२ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते देवानको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान ७ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकललाई ठक्कर दिने ट्यांकर र चालकको खोजी भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad