खेल


भारात्तोलनमा नेपाललाई तीन स्वर्ण र एक रजत पदक

भारात्तोलनमा नेपाललाई तीन स्वर्ण र एक रजत पदक

नेपालखबर
मंसिर २४, २०७७ बुधबार ५:१८,

भारात्तोलन (वर्ल्ड पावर लिफ्टिङ) च्याम्पियनसिप पुरुष तथा महिला–२०२० प्रतियोगितामा नेपालले तीन स्वर्ण र एक रजत पदक जितेको छ।

वल्र्ड पावर लिफ्टिङ फेडेरेसन तथा एमेच्योर पावर लिफ्टिङ फेडेरेसन इन्डियाको आयोजनामा भारतको अमरावतीमा यही डिसेम्बर ५ देखि ८ सम्म भएको २१औँ संस्करणको प्रतियोगितामा सिनियरतर्फ नेपालका हसन गुरुङले ८२.५ केजीमा स्वर्ण पदक जित्न सफल भएका हुन्।

यसैगरी जुनियरतर्फ आशिष आलेमगरले ११० केजीमा र श्रुति कार्कीले ५६ केजीमा स्वर्ण पदक जित्न सफल भएको एशियन पावर लिफ्टिङ फेडेरेसनका उपाध्यक्ष एवं नेपाली टोलीका प्रशिक्षक जीवन गिरीले जानकारी दिए।

सिनियरतर्फ १०० केजीमा नेपालका राजेश सुवालले रजत पदक प्राप्त गर्न सफल भएका छन्। प्रतियोगितामा नेपालबाट पाँच खेलाडी र दुई अफिसियल सहभागी भएका थिए। सहभागी पाँच खेलाडीमा चार पोखराका र एक महिला सुर्खेतका हुन्।

प्रतियोगितामा सहभागी हुन जानुअघि नेपाल पावर लिफ्टिङ एशोसिएसनले पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर कोरोना कहरका कारण विगत लामो समयदेखि खेलकूद गतिविधि ठप्प भएको अवस्थामा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनु महत्वपूर्ण रहेको जनाएको थियो।

एसोसिएसनले आगामी दिनमा सातै प्रदेशबाट खेलाडी छनोट गरी पावर लिफ्टिङको राष्ट्रिय प्रतियोगिता आयोजना गरिने जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad