ad ad

राजनीति


चीनले आफ्नो सांसदमाथिको प्रतिबन्धको विषयमा अमेरिकी कुटनीतिज्ञलाई बोलाएरै स्पष्टीकरण सोध्यो

चीनले आफ्नो सांसदमाथिको प्रतिबन्धको विषयमा अमेरिकी कुटनीतिज्ञलाई बोलाएरै स्पष्टीकरण सोध्यो

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार १३:५,

चीनले अमेरिकाको यस कार्यले राजनीतिक बदमाशीको सीमा नाघेको आरोप लगाउँदै आवश्यक कारवाही गर्ने चेतावनी दिएको छ।

हङकङमा मुख्य क्षेत्र चीनले राष्ट्रिय सुरक्षा कानुन लागू गरिदिएको विषयमा अमेरिकाले हालैमात्र चीनका १४ सांसदहरुमाथि प्रतिबन्धको घोषणा गरेको थियो।

विदेशमन्त्री माइक पोम्पिआले उनीहरुमाथि प्रतिबन्ध लागेको घोषणा गरेका थिए। अमेरिकाले नेसनल पिपुल्स कँग्रेसका १४ जना उपाध्यक्षमाथि प्रतिबन्ध लगाएको हो।

प्रतिबन्ध लागेकामध्ये कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य वाङ चेन पनि छन्। साउथ चाइना मर्निङ पोस्टका अनुसार अमेरिकाले दोस्रोपटक कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्यमाथि निशाना साँधेको हो।

यसअघि गत जुलाईमा सिनजियाङ पार्टी प्रमुख चेन क्वानगाओमाथि पनि अमेरिकाले प्रतिबन्ध लगाएको थिया्।

चीनका उप–विदेशमन्त्री जेङ जिग्वाङले मंगलबार अमेरिकी मिसनका प्रमुख रोवर्टो फोर्डेनसँग यस विषयमा स्पष्टीकरण सोधेको बताइएको छ।

जेङले सो क्रममा रोवर्टोलाई अमेरिकाले चिनियाँ आन्तरिक मामिलामा गम्भीर रुपमा हस्तक्षेप गरेको बताएका थिए।

‘हङकङको मुद्दा चीनको आन्तरिक विषय हो, अमेरिकाले यस विषयमा दख्खल दिनुको कुनै औचित्य छैन’ जेङले भनेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .