कोरोना संक्रमित प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।
राससका अनुसार शरीरमा अक्सिजनको मात्रा कम भएपछि उनलाई शुक्रबार अपराह्न काठमाडौं ल्याइएको हो।
प्रदेश प्रमुख अधिकारीलाई यही मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
अधिकारीका प्रेस सल्लाहकार खेमराज अधिकारीका अनुसार उनी विराटनगरस्थित घरमै ‘आइसोलेसन’मा बसिरहेका थिए।
उनको अहिले काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ।

प्रतिक्रिया